पर्यटकिय विकासको सम्भावना वोकेको पात्ले गाउं

686 पटक पढिएको

सम्पादक: Dhadingnews.com

एशोदा नेपाल
पात्ले – धादिङ   / पर्यटकिय क्षेत्र विकासको सम्भावना वोकेको पात्ले गाउं अहिले आन्त्ारिक  तथा वाह्य पर्यटकहरुको रोजाईको क्षेत्र वन्दै गईरहेको छ । DSC01987 जिल्लाको मध्य भेगमा पर्ने पात्ले  गाउंले  धादिङ जिल्लाकै नमुना  ग्रामीण पर्यटकिय क्षेत्रको सम्भावना देखाएको छ । पात्लेगांउ लाई पर्यटकिय क्षेत्र विकासका लागि यहांका ८५ घर गुरुङ र पांच घर गिरी  समुदायले गाउंलाई सफा सुग्घर मात्रै वनाएका छैनन । सिङगो गाउंमा अर्गानिक तरकारी तथा फलफुल खेतीको विकास गर्नुका साथै गाउंलाई रासायनिक विषादी र मल निषेधित क्षेत्रको रुपमा घोषणा समेत गरेका छन ।

धादिङको जिल्ला सदरमुकाम धादिङवेसीवाट १० किलोमिटरको यात्रा पछि पुग्न सकिने पात्ले गाउंलाई नमुना पर्यटकिय क्षेत्र वनाउनका लागि विभिन्न कामगर्दै आईरहेका यहांका अगुवा शेरवहादुर गुरुङ पर्यटकिय क्षेत्र विकासका लागि काम गरिरहेको  सरकारी तथा गैर सरकारी निकायको ध्यान पुग्न सके पात्लेगाउंमा पर्यटकिय विकासका धेरै सम्भावनाहरु रहेको वताउंछन ।   गाउंलाई पर्यटकिय क्षेत्र वनाउने लक्ष्यका साथ विभिन्न पुर्वाधार विकासका साथै गुरुङ कला र संस्कृतिको  प्रदशर्नी समेत गर्दै आईरहेका यहांका  वासिन्दाले पात्लेकॊ ९० घरमानै शौचालयको निर्माणको अभियान संचालन गरिरहेका छन ।
केही बर्ष यता पात्लेगाउंमा जापान  अमेरिका  इजरायल  हंगेरी लगायतका मुलुकवाट दुई सय जति विदेशी पर्यटक गाउंमा आईसकेको पात्ले पर्यटन विकास समाजका अध्यक्ष शेरवहादुर गुरुङ वताउंछन । स्वदेशी तथा विदेशी पर्यटकलाई यहांका गृहिणीहरुले आत्मिय स्वागत र सत्कार गर्ने गरेका छन । अतिथी सत्कारका लागि सिपालु यहांका वासिन्दाले  शिष्ट र शालिन भाषाको प्रयोग गर्ने गरेका छन । ग्रामीण पर्यटकिय क्षेत्रको सम्भावना  वोकेको  पात्ले  पुग्ने देशी तथा विदेशी पर्यटकलाई यहांका वासिन्दाले पेइङ गेस्टका रुपमा आ-आफ्नो घरमा राख्ने गरेका छन ।  पाहुनाहरुलाई गुरुङ कला र संस्कृत्तिको माध्यमवाट स्वागत गर्नुका साथै  आफ्नै  गाउंमै उत्पादित अर्गानिक मकै र कोदोको िढंडो  कुखुराको मासु हरियो तरकारी दालभात रोटी लगायतका खानेकुरा इच्छाअनुसार पर्यटकलाई प्रदान गर्ने गरिएको  गाउंवासी वताउंछन ।
download antivirus softwareपात्ले गाउंलाई कृषि तथा धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न यहांका वासिन्दाहरु सकि्रय भएर लागिपरेका छन । गाउंभन्दा माथि रहेको लामागुरुको मन्दिर हिन्दु तथा वौद्ध धर्मावलम्वीहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको छ । ढुङगै ढुङगाको पहाडको टापुमा रहेको लामागुरुको मन्दिर वरिपरिका ठुला ठुला ढुङगाहरुमा परापुवकालमा कुंदिएका विभिन्न आकृति र लेखिएका  वेदका ऋचाहरु यहांको महत्वपुर्ण आकर्षणको केन्द्र वनेको आदीवासी जनजाती जिल्ला समन्वय समिति धादिङका पूर्व उपाध्यक्ष अक्कलवहादुर तामाङ वताउंछन ।
अग्लो डाँडामा रहेको मन्दिरले मात्रै होइन गाउं नजिकैको जंगलमा रहको दुईवटा गुफाका साथै पात्लेको नारायणडांडामा वारी खनजोत गर्दा भेटिने पुराना पैसा घरेलु हतियार र भांडाकुंडा पनि यहांको आकर्षणको केन्द्र वन्दै गएको छ । मनै लोभ्याउने मनमोहक दृश्य  धार्मिक तथा पुरातात्विक महत्वका वस्तु र मनोरम हिमाली दृश्यहरु अवलोकन गर्न पाइने भएकाले यहां एक पटक पुगेका पर्यटकहरु पुन आउने गरेको  गाउंलेहरुले वताएका छन ।

765qwerty765