विदेशमा बस्ने नेपालीलाई फास्ट ट्रयाकबाट एमआरपी
595 पटक पढिएको
परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपालीका लागि फास्ट ट्रयाकमा मेसिन रिडेबल पासपोर्ट एमआरपी वितरण गर्ने भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले हस्तलिखित पासपोर्ट समयमै विस्थापित गर्न आवेदन पाएको एक सातामै एमआरपी जारी गर्ने तयारी भएको जानकारी दिए ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाको सन् २०१५ को नोभेम्बरसम्म सबै हस्तलिखित राहदानी विस्थापित गर्न समयसीमा तोकेको छ । सो समयसम्म एमआरपी वितरण सक्न विदेशस्थित नेपाली नियोगमा प्राप्त आवेदन फास्ट ट्याकमा काम हुन लागेको विभागका महानिर्देशक थापाले बताए ।
उनले भने,‘नियोगबाट आउने गुनासो कम गर्न र हस्तलिखित पासपोर्ट समयमै प्रतिस्थापन गर्न एक सातामै नियोगमार्फत आएका निवेदनमा पासपोर्ट जारी गर्ने तयारी गरेका छौं ।’ विभागले नेपाली नियोगहरुलाई मासिक कम्तीमा दुईपटक पासपोर्टका फारम पठाउन आग्रह गरेको छ ।