दार्खामा ल्होछार विषेश सांस्कृतिक कार्यक्रम सम्पन्न
837 पटक पढिएको

धादिङ – दार्खा गाँउ विकास समितिमा तीन दिन सम्म सन्चालन भएको तामाङ विशेष कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । प्रत्येक दुई दुई बर्षको फरकमा मनाईने लोछार विषेश कार्यक्रम यसबर्ष पनि भव्य रुपमा सम्पन्न भएको भएको कार्यक्रम संयोजक मरिचमान तामाङले जानकारी दिनुभयो । दार्खा गाऊँ विकास समिती वडा नंबर ८ भोक्टेनीमा ललिन नाच, बेसार नाच, तामाङहरुको ऐतिहासिक घोडाचढी नाच लगायतका नाचहरु प्रस्तुत गरिएको आयोजकले जनाएको छ । हाम्रो संस्कृति हाम्रो शान, बचाऔँ आफ्नो पहिचान भन्ने नाराको साथमा लोजोङ आदर्श समाजले कार्यक्रमको आयोजना गरेको हो । घोडाचढी नाच तिब्बती युद्धमा खुँडा, भाला, घोडा प्रयोग गरेर युद्ध लडेको सम्झनामा घोडाचढी नाच नाच्ने गरेको आयोजकले जनाएको छ ।