नेपाली जल तथा मौसमविद अम्बरिश पोख्रेललाई अमेरिकन मौसमविद समाजको प्रथम पुरस्कार
1079 पटक पढिएको


यसरी उनको त्यो अनुसन्धान कम्तिमा पनि अमेरिकन मौसमविद समाजको नजरमा यो बर्स २०१४ को लागी उत्कृस्ट अनुसन्धान हो । यसरी हाल जापानमा गरियको बाताबरण तथा मौसम सम्बन्धी उनको अनुसन्धान अमेरिकन मौसंबिद समाजको प्रथम पुरस्कारले पुरस्कृत हुने पहिलो नेपाली बैज्ञानिक युवा हुन् ।
१० हजारभन्दा बढी सदस्य भयको यो समाज बिस्वको ठुलो समाज मध्यकै एक मानिन्छ । जापानको होक्कैदो बिस्वबिध्यालय र यो संग सम्बन्धित अर्को एउटा अनुसन्धान केन्द्रको होमपेजमा समेत पोखरेलको नाम अंग्रेजी र जापानी भाषा दुबैमा सुनौलो अक्षरमा लेखि सकेको छ । स्मरण रहोस यो होक्कैदो बिस्वबिध्यालयले नोबेल पुरस्कार देखि थुप्रै अन्तरास्ट्रीय पुरस्कारहरु जितेको छ/ पोख्रेलले जिल्लाको सामान्य सरकारी स्कुल श्री जन ज्योति र त्रि चन्द्र क्याम्पसमा आइ एस्सी (I.Sc.), बि एस सी (B.Sc .) र क्रितिपुरमा मास्टर तह पुरा गरेका हुन् ।
उनि जिल्लाका एक शिक्षित परिवारमा जन्मेका रहेछन, जसको हजुर बा देखि अरु आफन्तहरु समेत निकै पढैया हुने गरेको बताए/ अहिलेको अनुसन्धान बिसेस गरी उत्तरी गोलार्धमा केन्द्रित भयको हुदा दक्षिणी गोलार्धसंग के कति समानता वा असमानता छ भनेर खोज्ने पो होकी भन्ने योजना अन्तर्गत अब त्यसको लागी अन्टार्टिका महादेशलाइ केन्द्र बिन्दु मानेर काम गर्ने बताए/ त्यसो गरियो भने सिंगो बिस्वको लागी एउटा निचोड आउने र आगामी दिनमा त्यसको अनुसन्धान अझ तिब्र पार्न सजिलो हुने कुरामा आशाबादी छन् । उनि उनले थप आगाडी भने, यहाँ खोजी गर्नु पर्ने कुराहरु धेरै नै छन् ।
त्यो खोज यती धेरै गहिराई तिर पुगेको छ कि, एकजनाले एउटा रुखको सानो हागा को पनि सानो हागा समातेर अनुसन्धान गर्नु पर्ने भईसकेको छ/ संसारमा अब त्यही हुदै छ । त्यसको बिकल्प अब निकै कठिन काम हो/ अब एउटा मसिनो हागाको अनुसन्धान गर्ने मान्छेले वा बैग्न्यनिकले अर्को हागाको अनुसन्धान गर्न वा त्यो बारेमा बताउन निकै गारो हुदै छ/ अर्को रुखको हागाको बारेमा त झन् गारो कुरा पो हो नि/ चाख लाग्दो कुरा के छ भने, एकथरी मान्छेहरुले मौसम वा हावापानीको मात्र, एकथरीले भुगर्व शास्त्र र अर्को थरीले रसायन शास्त्रको मात्र अनुसन्धान गर्ने गरेका छन् / अझ ती शास्त्र भित्रको पनि एउटा सानो हागा को अनुसन्धान गर्ने र गराउने चलन छ/ यसको कारण त प्रस्ट नै छ / तर उनले प्रस्तुत गरेको अनुशन्धानले कम्तिमा पनि माथी उल्लेख गरेका रुखहरुको हागाहरुको कारणले हाम्रो बाताबरणमा हुने गरेका ठुलो संख्याका योगीकहरुको समुह र उपसमुहरु माथी के कस्तो असर परेको थियो/ तिनीहरु कहाँ-कहाँबाट र कसरी- कसरी जम्मा हुने गरेका थिय । तिनीहरुको उत्पादन, बिनाश वा एक प्रकारको योगीकहरुको समुह कसरी र किन अर्को प्रकारको योगीकहरुको समुह वा उप समुहमा परिबर्तन हुने गरेका थिय भन्ने कुरा देखाउने प्रयास गरियको छ/ अर्थात् एउटा रुखको हागो र अर्को रुखको हागो बिचमा समेत के कस्तो सम्बन्ध छ भन्ने कुरा प्रस्तुत गरियको छ/ जब कि ति दुई रुखहरु समेत एउतै जातका होइनन।