आफ्नै चिहान खन्न लगाएर हत्या (फोटो फिचर)
1042 पटक पढिएको

काठमाडौं: क्रुर हत्याको लागि आतकंकारी सगंठन ‘आइएस’ विश्वमै चर्चित छ । फलामे पिंजडामा आगो लगाएर गरिएको हत्या होस् या अचानोमा राखेर टाउको छिनाइएको घटना नै किन नहोस्, सो सगंठन विश्वभर आफ्ना विभत्स गतिविधीले चर्चामा आइरहन्छ ।हालै आइएससगँ सम्बन्धीत एक समुहले इजिप्टमा एक ब्यक्तिलाई आफ्नै चिहान खन्न लगाएर हत्या गरेको भिडियो सार्बजनिक गरेको छ ।
सुन्तला रगंको लुगा लगाएका ती व्यक्तिलाई चिहान खनिसकेपछि अनुहार छोपेका आइएस लडाकुले पछाडीबाट गोली हानी हत्या गरेको भिडियोमा देखाइएको छ ।
आफ्ना गतिविधी इजरायली सरकारलाई उपलब्ध गराएको आरोपमा आइएसले ती व्यक्तिको हत्या गरिएको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् ।



– अन्नपूर्ण पोस्ट्/एजेन्सी







