कभर फोटो

शौचालय निर्माण सम्बन्धि तालिम

By धादिङ न्यूज

February 11, 2016

संगिता आले मगर, बुङचुङ – एक्सन नेपालको आयोजना र इन्टरनेशनल मेडिकल कप्र्स (आई.एम.सी.)को सहयोगमा शौचालय निर्माण सम्बन्

धि तालिम कुम्पुर –२ माविखोला बुङचुङमा सञ्चालन भएको छ । स्थानीय स्तरमै दक्ष जनशक्तिको निर्माण गर्ने उद्देश्यले दिइएको तालिमबाट तयार भएका मिस्त्रिहरुले गाउँमै सफा चर्पीको निर्माण गर्नेछन् ।

आजको तालिममा कुम्पुरका १५ जना मिस्त्रिहरु सहभागि भएको थियो । भोली २९ गते थप १५ जनालाई सोहि स्थानमा तालिम दिइने र फागुन १ गते कुम्पुर गाविसका जम्मा ४५ जना मिस्त्रिहरुलाई बुङचुङको सामुदायिक भवनमा अभ्यास गरिने प्रशिक्षक सागर कार्कीले बताउनुभयो । यस अघि माघ १७ गते नै १५ जना मिस्त्रिहरुलाई तालिम दिइसकेको थियो ।