जापानमा चक्कु प्रहार गरी १९ जनाको हत्या

824 पटक पढिएको

११ श्रावण २०७३, मंगलवार ०७:५२ सम्पादक: धादिङ न्यूज

 japan_knife_attack_fuZCi6bIMb  साउन ११, २०७३ जापानको राजधानी टोक्यो नजिकै एक अपांग स्याहार केन्द्रमा एक व्यक्तिले चक्कु प्रहार गरेर १९ जनाको हत्या गरेका छन्। अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएअनुसार  अनुसार उक्त आक्रमणमा कम्तीमा २६ जना घाइते भएका छन्, जसमा २० जनाको अवस्था गम्भिर रहेको छ।  टोक्यो नजिकै सागामिहारा शहरको प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी अनुसार उक्त व्यक्तिको उमेर २६ वर्ष रहेको र सोही अपांग स्याहार केन्द्रका पूर्व कर्मचारी हुन्।  समाचारमा जनाइए अनुसार आक्रमणकारीले अपांग मानिसहरू देख्न नचाहेको बताएका छन्।  जापानमा यसरी नै चक्कु प्रहार गरेर मानिसको हत्या गर्ने काम सन् २००१ र सन् २००८ मा भएको थियो, जसमा क्रमश: ७ र ८ जना मारिएका थिए।
-एजेन्सी Photo : AFP/GETTY