विश्वकै सबैभन्दा खतरनाक सडक (फोटोफिचर)
1286 पटक पढिएको

१. लद्दाख-काश्मीर सडक, भारत
लद्दाख र काश्मीर जोड्ने यो सडकको दूरी करीब ९ किलोमिटर निक्कै खतरा रहेको छ। यो बाटो निक्कै साँघुरो भएकाले अलिकति गल्ती भएमा ज्यानै जान सक्छ।
२. डेल्टन हाईवे, अलास्का
डेल्टन हाईवे विश्वकै सबैभन्दा फरक किसिमको राजमार्ग हो। यो सडकको लम्बाई ६ सय ६६ किलोमिटर रहेको छ। यहाँ करीब ३ सानो सानो गाउँ जोडिएको छ। यो सडक हिउँ नै हिउँले ढाकिएको हुन्छ।
३ ट्रान्सफागारासन, रोमानिया
यो सडक रोमानिकाकै अग्लो पहाडमा बनेको छ। कारपाथियन पहाडहरुले बनेको यो सडक २ हजार ३० मिटर उचाईमा बनाइएको छ। रोमानियन भाषामा ट्रान्सफागारासनको अर्थ धेरै खतरनाक रोड भन्ने हुन्छ।
४.गुओलियाङ टनल, चीन
पहाडको बीचमा बनाइएको यो सडक चीनमा पर्दछ। यो सडकमा गाउँ र बाहिरी दुनियाँ देख्न पाइँदैन। गुओलियाङ टनल नाम गरेको यो सडक १२ हजार मिटर पहाडमा सुरुङ खनेर बनाइएको छ।
यो सडकबाट गाउँका स्थानीयहरुले आफूलाई चाहिने खाद्य सामग्री ल्याउने गर्छन्। अलिकति दायाँबायाँ भएमा सिधै ठूलो खाडलमा खस्ने सम्भावना हुन्छ।
५. ले पेसेज डू गोइस, फ्रान्स
फ्रान्समा रहेको ले पेसेज डू गोइस राजमार्ग ४.५ किलोमिटर रहेो छ। तर प्रत्येक दिन यो राजमार्ग केही घण्टाको लागि मात्रै खुल्ने गर्दछ। किनकी यो सडकलाई समुन्द्रको छालले ढाकेपछि पानीमुनि पर्न जान्छ। यो सडकमा यात्रा गर्नु धेरै खतरा मानिन्छ।
६.तियानमेन माउन्टेन रोड, चीन
धेरै घुम्ती मोडहरु भएको यो तियानमेन माउन्टेन रोड चीनमा पर्दछ। १० किलोमिटर लम्बाइ रहेको यो सडकमा यात्रा गर्न धेरै नै होस पुर्याउनु पर्छ। यदि होस नपुर्याए सिधै मृत्युको मुखमा पुगिन्छ।
७. हाना, हावाइ
हावाइको हाना राजमार्ग करीब १ सय १२ किलोमिटर रहेको छ। काहुलुइ र हानाको बीचमा पर्ने यो राजमार्ग धेरै साँघुरो रहेको छ जहाँ करीब ५९ वटा पुलहरु पर्दछन्। तीमध्ये ४६ वटा पुल एउटै लेनमा पर्दछ। यहाँका रोडमा प्राय पहिरो गइरहने भएकाले जुनसुकैबेला दुर्घटना हुन सक्छ।
८.गोथार्ड पास, स्विट्जरल्याण्ड
यो गोथार्ड पास सडक करीब ६४ किलोमिटर लामो रहेको छ। प्राय अगलो पहाड भएर बनाइएको राजमार्ग धेरै नै घुमाउरो रहेको छ।
९. एशिमा ओहाशी ब्रिज, जापान
यो पुल हेर्दा जस्तो देखिन्छ यो, त्यसरी नै डिजाइन गरेर बनाइएको छ। यो पुलमा हिड्न धेरै नै खतरनाक छ किनकी यो पुल १.७ किलोमिटर लम्बाइ रहेको छ भने ११.३ मिटर चौडाइ रहेको छ र धेरै ठाडो रहेको छ।
१०.द्वीप काउन्टी, वाशिंगटनको पुल
यो द्वीप काउन्टी पुल अमेरिकाको वासिङटनमा रहेको छ। यसमा यात्रा गर्न निक्कै कठिन मानिन्छ। (एजेन्सीको सहयोगमा)
-अन्नपूर्ण पोष्टबाट