खनियावासका विपन्नलाई  डकर्मी तालिम

1318 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dakarmi talimखनियाबास–आर्थिक रुपले विपन्नहरुको जिवनस्तर उकास्न सहयोग पु¥याउने उद्धेश्यले धादिङ जिल्लाको खनियावास गाऊँपालिका वडा नः ३ र ४ का २५ जनालाई  डकर्मी सम्वन्धी तालिम दिईएको छ ।

गरिबी निवारण कोषको अािर्थक सहयोग एबं चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाजको व्यवस्थापनमा सञ्चालित तालिममा सहभागीहरुले भुकम्प प्रतिरोधि घर निर्माण प्रबिधिको वारेमा ईन्जीनियर सुरेशप्रसाद यादव र निर्देश नेपालबाट ज्ञान लिएका थिए ।

गरिबीका रेखामुनि रहेका सामुदायिक सस्थाका सदस्यहरुलाई स्थानीय स्तरमै आयआर्जनका लागि सघाउ पु¥याउने लक्ष्यका साथ २०७४ जेठ २७ गते देखि शुरु गरि असार २ गते सम्म तालिम दिईएको हो ।

तालिमको समापन अवसरमा गरिबी निवारण कोषका बिज्ञ ईन्जीनियर चारु श्री नकर्मी, तालिम अधिकृत रविन्द्रप्रसाद धिताल र जिल्ला ईन्जीनियर सुनिलकुमार तिमल्सीनाले अनुगमन साथै प्रमाणपत्र वितरण गर्नु हुदै गरिबी का रेखा मुनि रहेका बिभिन्न अवसरवाट वञ्चित सामुदायिक संस्थाका सदस्यहरुलाई यस तालिमले समेटेको कारण यसलाई व्यवहारमा प्रयोग गरी जिविकोपार्जनमा सहयोगी वन्ने विश्वास व्यक्त गर्दै तालिम सम्पन्न भएको मा खुसि व्यक्त गर्नु भएको थियो ।

     कार्यक्रममा सिड्स धादिङका कार्यक्रम संयोजक  गोकर्ण रुपाखेती , सुचना अधिकारी गंगा सुवेदी र सामाजिक परिचालक सरोज तामाङले बिभिन्न बिषयमा सहभागीलाई उत्प्रेरित गराउनु भएको थियो ।