खेमजी राना आए नानीको आँखै गाजले लिएर ( पुरै भिडियो सहित )

2600 पटक पढिएको

सम्पादक: Dhading News

 

maxresdefault-1-2नेपाली गीत संगीतको बजारमा थरी थरीको गीतहरु आउने  क्रममा चर्चित गायक सर्जक खेमजी रानाको बिल्कुलै फरक र मौलिक प्रस्तुति चुट्का कौरा यो नानीको आखै गाजले बजारमा आएको छ। गायक सर्जक खेमजी रानाकै शब्द संगीत तथा दुर्गा गुरुङको संगीत संयोजन रहेको गीत स्वयम खेमजी राना संगै खुस्बु बिन्दा मगर,इरिशा पाटा,बिबेक आले र कृष्ण आलेको स्वर रहेको छ। मनांङ गुरुङको निर्देशन तथा दुर्गा पौडेलको छायांकन रहेको गीतलाई बिष्णु शर्माले सम्पादन गरेका छन। खेमजी राना संगै ओनिका, सन्तोसी, बबिता, बिनिता, लक्ष्मी, सोफिया,सपना,रोमी स्मृति र पार्वतीको नृत्य तथा अभिनयले भिडियोलाई थप सुन्दर तथा आकर्षक बनाएको छ।गायक रानाले उक्त सांगीतिक कोसेली आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन ।

पुरै भिडियो हेर्नको लागी क्लिक गर्नुहोस ।