धादिङबेसीमा आज देखी धादिङ महोत्सव सुरु हुँदै

1799 पटक पढिएको

१६ फाल्गुन २०७४, बुधबार ०८:३७ सम्पादक: धादिङ न्यूज

mahotsab-web-site-adधादिङ । साना तथा मझौला व्यवसायी महासंघ नेपाल जिल्ला कार्य समिति धादिङको आयोजनामा आज देखि  यही फागुन २७ गतेसम्म नीलकण्ठ नपा–४ धादिङबेसी रायटारमा धादिङ महोत्सव–२०७४ को आयोजना गरिँदैछ ।

‘समृद्ध धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहना’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य रहेको छ ।

महोत्सव अवधिभर हेलिकप्टरद्वारा गणेश हिमाल, गोसाइँकुण्ड जस्ता पर्यटकीयस्थलको दृश्यावलोकन र हात्तीद्वारा धादिङबेसी बजार परिक्रमा गर्ने व्यवस्थासमेत मिलाइएको अध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिनुभयो ।बाह्र दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारद्वारा कला प्रदर्शन, कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिनेछ र महोत्सव अवधिभरि नै रमाइलो मेलामा विभिन्न मनोरञ्जनात्मक स्टल राख्न लगाई मनोरञ्जन प्रदान गरिने कार्यक्रम रहेको छ ।