प्याब्सन धादिङको नवौं साधारण सभा सम्पन्न, विभिन्न व्यक्तित्व सम्मानित

1603 पटक पढिएको

१८ फाल्गुन २०७४, शुक्रबार २१:०० सम्पादक: धादिङ न्यूज

28379100_1594900553896931_4043863673716867072_n
गल्छी – धादिङ जिल्ला भित्र रहेका निजी तथा आवासीय बिद्यालयहरुको छाता संगठन प्याब्सन धादिङको ९ औं साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।
प्याब्सनका केन्द्रिय अध्यक्ष विजय साम्बाहम्फेको प्रमुख आतिथ्यमा गल्छी गाउँपालिकाको बैरैनीमा सम्पन्न भएको साधारणसभाको अवसरमा ग्लोबल यूनाइटेड बोर्डिङ स्कुल सल्यानटारका संस्थापक अध्यक्ष प्रेमकुमार श्रेष्ठ, संस्थापक प्रिन्सिपलहरु मध्यबाट यूनाइटेड बोर्डिङ स्कुल सल्यानटारका विश्वनाथ उप्रेती, उत्कृष्ट माध्यमिक शिक्षक चिल्ड्रेन पार्क आवसिय माविका केशवराज श्रेष्ठ लाई सम्मान गरिएको थियो ।

28379219_1594900623896924_5588122184355676160_nयसै गरी सोही अवसरमा माध्यमिक विद्यालयहरुबाट शान्तीदीप एकेडेमी धुनीबेसीका पूर्ण बानियाँ,प्राथमिक विद्यालयहरुबाट लुमिङ्ग लोटस बोर्डिङ धुनीबेसीका पवित्रा केसी, पूर्व प्राथमिक शिक्षकहरु मध्यबाट ब्राइट फ्यूचर सहकारी बोर्डिङ स्कुल मलेखुकी कौशीला बराकोटी र सुनगाभा एकेडेमी धादिङबेसीका कार्यालय सहयोगी लेखनाथ कोइरालालाई पनि सम्मान गरिएको थियो ।

28379722_1594900513896935_6138301585098276864_nसाधारण सभामा प्याब्सनका केन्द्रिय अध्यक्ष सम्बाहाम्फे, महासचिव राजेन्द्र वानियाँ, केन्द्रिय समितिका उपाध्यक्ष शान्तविक्रम बानियाँ, केन्द्रिय उपमहासचिव, रमेश कुमार श्रेष्ठ, ३ नम्बर प्रदेशका सल्लाहकार नवराज ओझा लगायतको आतिथ्य रहेको थियो ।