logo

म्हेन्दोमाया र नेपाली दुबै खालको गीत गाउछु : गायक हेम वाइवा

1417 पटक पढिएको

सम्पादक: Dhading News

 

हाल सम्म थुप्रै गीत गाइसक्नु भएका गायक तथा संगीतकार हेम वाइवा अहिलेका बेस्त संगीतकर्मी हुनुहुन्छ। संगीतिक कार्यक्रमको सिलसिलामा थुप्रै देश घुमिसक्नु भएका गायक वाइवा सँग  गणेश मल्लले गर्नु भएको कुराकानी :

* नमस्कार सञ्चै हुन्हुन्छ ?
नमस्ते, सब ठिकै छु ।

* हिजो आज के म बेस्त हुन्हुन्छ ?
आफ्नो काम, गित कम्पोज, म्युजिकल प्रोग्रामहरु यस्तै यस्तै कुराहरुमा व्यस्त भईरहेको हुन्छु  ।

* बिशेष गरेर तपाईंलाई म्हेन्दोमाया गायक भनेर चिनिन्छ, खास कुरा के हो ?
खास म शास्त्रीय संगीतको बिद्यार्थी हो । मैले नेपाली गीति एल्बम पनि निकालेको छु । त्यसै क्रममा तामाङहरुको मौलिक लोक भाकाहरु समिटिएको म्हेन्दोमाया भाकाको गीति एल्बम निकाल्दा यसैमा स्थापी भएको अनुभूति छ । त्यसैले होला म्हेन्दोमाया गायक भनेर चिनिएको ।

*अहिले सम्म कति गीत गाउनु भयो ?
हाल सम्म नेपाली र तामाङ गरेर १०० भन्दा बढी गितहरु गाएको छु ।

* नेपाली संगीत बजार कस्तो छ अहिले ?
मैले सुरुको दिनमा एल्बम निकलेको बेला भन्द अहिले यो क्षेत्रमा राम्रो छ ।

* संगीत बाहेक अरु कुनै व्यवसाय पनि गर्नु हुन्छ ?
गाउने र गित कम्पोज बाहेक पनि संगीत क्षेत्रमा नै काम गर्दै आएको छु । विभिन्न स्कूलहरुमा संगीत पढाउछु म ।

* संगीतमा लागेर कुनै पस्चताप छ कि छैन ?
मेरो SLC सकिने बितिकै २०५२ सालमा मैले संगीत बिषय लिएर ललित कला क्याम्पसमा भर्ना भएर पढेको हो । त्यति बेला ब्याचलर सकाएको थिए । त्यसै क्षेत्रमा काम गर्दै आएको छु । खासै त्यस्तो पश्चाताप त लाग्दैन ।

* नेपाली संगीतको भबिस्य कस्तो देख्नुहुन्छ ?
पहिलेको तुलनामा अहिले संगीत क्षेत्रको बजार फराकिलो हुँदै छ र यो क्षेत्रमा लागेकाहरुले सबैले त नभनुम धेरैले राम्रो आम्दानी गरिराको हुनाले पछि अझ राम्रो हुँदै जानेछ भन्ने बिस्वास लाग्छ ।

* संगीतिक कार्यक्रमको दौरान कती देश पुग्नु भयो ?
गाउनकै लागि २०४५ सालमा युरोपको बुलगेरियामा सानैमा पुगेको थिए । त्यसपछि भारतको दर्जीलिङ र मिरिक, युएई, कतार, साईप्रस, कुवेत र दक्षिण कोरियामा पुगेर मैले प्रस्तुती राखेको छु ।

*बिदेशमा रहनु हुने नेपालीहरुले गीत संगीतलाई कस्तो रुपमा लिएको पाउनुहुन्छ ?
बिदेशमा नेपाली कलाकारहरुको प्रस्तुती हेर्न हाम्रै नेपाली दाजुभाई र दिदिबहिनिहरु नै आउने हुन र नेपालीहरुले नै हामिलाई निमन्त्रणा दिने हो । नेपाली गित संगीतलाई बिदेसका नेपालीहरुले अत्यन्त माया गरिदिनु भएकोले हामिलाई स्टेज पाएको हो । बिदेसमा नेपाली कलाकारहरुलाई निमन्त्रणा दिने कुनै बिदेसी नि हुन्न र हेर्न र गित सुन्न आउने कुनै बिदेसी नि हुन्न उहीँ नेपाली मात्र हो । उनै नेपालीहरुले आफ्नो बिदेसी साथिहरुलाई कोहि कसैले ल्याए मात्र हो ।तेसैले उहाहरुले धेरै माया गरेको पाउछु ।

* तपाईंको आगामी योजनाहरु के के छन ?
अहिले मेरो नेपाली गितहरु त्यति निस्केको छैन । अब चाहिँ नेपाली गितहरु पनि रेकर्ड गर्ने योजनामा छु ।

* यस क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई के सल्लाह दिन चाहनुहुन्छ ?
यो क्षेत्रमा बहिर बाट हेर्दा सजिलो देखिन्छ । बस्तविकता फरक छ । संगीत सम्बन्धी राम्रो ज्ञान अनि अभ्यास र मिहिनेत गरेर मात्र आउनुस । राम्रो तयारिका साथ यस क्षेत्रमा आउनु भो भने सफता तपाईहरुको हात बाट धेरै टाढा हुने छैन । यो क्षेत्रमा आउन चाहनेहरुलाई मेरो शुभकामना ।

* अन्तमा आफ्ना दर्सक स्रोताहरुलाई क् भन्न चाहनुहुन्छ ?
दर्शक श्रोता मेरा लागि भगवान हुन । दर्शक श्रोताले नै मलाई गायक र कलाकार बनाएको हो । तपाईहरुको माया ममता र सपोर्ट सधैं यसरी नै पाईरहने आशा अनि बिस्वास गरेको छु । मलाई यो ठाउ सम्म पुर्याईदिने तमाम श्रोता दर्शकलाई मुरि मुरि धन्यवाद दिन चाहन्छु र सधै आभारी रहने छु ।

-ग्लोबल संचार बाट


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic slot demo wisdom of athena situs slot raffi ahmad gacor maxwin 5000 login demo rujak bonanza