धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेदकुद प्रतियोगिता सम्पन्न

998 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराको साथ सुरुभएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेदकुद प्रतियोगिता सम्पन्न भएको छ । नयाँ वर्षको दिन बैशाख १ देखि धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा  भएको  राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।

समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका डा. अधिकारीले जिल्लाका अधिकाँश माध्यामिक विद्यालयहरु खेलमा सहभागी नभएको प्रति इङ्कित गर्दै खेलकुद मानव स्वस्थ्य सँग जोडिएकोले यस्ता प्रतियोगितामा भाग लिन केहि विद्यालय चुक्नु गम्भीर भुल भएको बताएका थिए ।

डा. अधिकारीले ०७२ सालको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गरेको एड्भान्स एकेडेमीले यो प्रतियोगिता पनि भव्य र सव्य रुपमा सम्पन्न गरेको प्रति आभार व्यक्त गरेका थिए ।

अंक स्कोरको आधारमा नीलकण्ठ माविले २३ अंक जोड्दै यस सातौ राष्ट्रपति रनिङ शिल्ड चुमेको छ, । प्रतियोगितामा छात्र भलिबलको प्रथम उपाधि आयोजक एड्भान्स एकेडेमीले जित्न सफल भयो भने, छात्रा भलिबलमा गल्छी स्थित वागेश्वरी माविले जित्न सफल रह्यो ।

छात्रा भलिबलमा एड्भान्स एकेडेमी र छात्र भलिबलमा नीलकण्ठ उच्च मावि द्धितिय स्थानमा सिमित भएका थिए ।