धादिङका कृशल कडेल नेपाल आइडलको उत्कृष्ट २० मा (भिडियो सहित )

3452 पटक पढिएको

सम्पादक: Dhading News

 

Dhading news  :धादिङबेशी स्थित सांघुटारका कृशल कडेलले नेपाल आइडलको उत्कृष्ट २० मा आफ्नो स्थान सुरक्षित गरेका छन् । उनी उत्कृष्ट २० भित्र पर्ने कान्छा प्रतिस्पर्धी समेत हुन् । धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्दै यो स्थानसम्म पुग्ने उनी एक्लो प्रतियोगि हुन् । यस अघि नेपाल आइडल सिजन १ का विजेता बुद्ध लामाको पुख्यौली घर धादिङ भए पनि उनले आफुलाई पोखराको बताउदै आएका थिए ।

नेपाल आईडलको अन्तिम २० मा पर्नेहरुमा पोखराकी वर्ष १८ कि सुमन परियार, काठमाण्डौका वर्ष २६ का राजेन्द्र आले, काठमाण्डौकी वर्ष २२ की रमिता शर्मा, धरानकी वर्ष १७ की हिना मल्ल बराइली, पोखराका वर्ष २५ का बिक्रम बराल, झापाकी वर्ष २२ की अस्मिता अधिकारी, मकवानपुरका वर्ष २१ का दीपराज खत्री, हेटौडाकी वर्ष २१ की स्वस्तिका ढकाल, मोरङकी वर्ष १९ की सृजना कार्की, चितवनका वर्ष २६ का मीनराज पौडेल, पोखराकी वर्ष २० की निलिमा थापा मगर, दाङका वर्ष २२ का सम्राट न्यौपाने, धनगडकिा वर्ष २० का रवी ओड, मोरङका वर्ष २० का मिलन परियार, बुटवलका, वर्ष २४ का अमित बराल, दोलखाका वर्ष २२ का पवन गिरी, झापाका वर्ष २३ का विश्वास उप्रेती, सुर्खेतका वर्ष २७ का सुविन सिंह र झापाका वर्ष १९ का सुमित पाठक छनौट भएका छन् ।

कृशलले हालै लैबरी सिङगिङ स्टारमा दोश्रो स्थान हासिल गर्न सफल भएका थिए ।

https://youtu.be/g_lFO3RE35Y