संविधान दिवसमा धादिङबेसीमा रक्तदान कार्यक्रम
838 पटक पढिएको

धादिङबेसी, ३ असोज ।संविधान दिवसको अवसर पारेर बुधवार धादिङबेसीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा निकटका युवा बिद्यार्थी संगठन ( युवा संघ नेपाल, वाईसिएल नेपाल,अनेरास्ववियु र अखिल क्रान्तिकारी)को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । सदरमुकाम धादिङबेसी बिचवजार स्थित चौतारामा भएको कार्यक्रममा १५ महिला सहित ६१ जनाले रक्तदान गरेका थिए । नेकपाका संस्थापक नेता एवम जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले रक्तदान दिएर कार्यक्रमको उदघाटन गर्नु भर्एको थियो ।
कार्यक्रमलार्ई नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो भने दुवाडी एग्रोभेटले आर्थिक सहयोग गरेको थियो ।