‘सिद्धलेक गाउँपालिका’ नामक मोबाइल एप्स सञ्चालनमा

3367 पटक पढिएको

१८ कार्तिक २०७५, आईतवार २१:२२ सम्पादक: धादिङ न्यूज

धादिङ १८,कात्तिक। धादिङको सिद्धलेक गाउँपालिकाले ‘’सिद्धलेक गाउँपालिका’ नामक मोबाइल एप्स सञ्चालनमा  ल्याएको छ । सूचना तथा समाचारलार्इ जनता सामु छिटो छरितो रुपमा प्रस्तुत गर्न र कार्यालयको गतिविधि, स्थानीयवासीको जनगुनासो सुन्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

प्रविधिको विकाससँगै मोबाइल एप्सको प्रयोग बढेकाले सर्वसाधारणको सहजताका लागि एप्स सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले वताउनु भयो । नागरिकलाई कार्यालयको सूचना, नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कामको विषयमा जानकारी गराउने उद्देश्यले एप्स सञ्चालनमा ल्याइएको पनि अध्यक्ष सिलवालले वताउनु भयो ।

यसमा गाउँपालिकाको बजेटदेखि सबै विवरण राखिएको छ ।” एप्समा गाउँपालिकाको परिचय, गाउँपालिकाले दिने सेवा, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, ऐन कानून, वडा विवरण, गाउँपालिकाका महत्वपूर्ण स्थान र आपत्कालीन नम्बर समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

यस अघि जिल्लाको नीलकण्ठ नगरपालिका, धुनिवेशी नगरपालिका लगायतले पनि मोवाईल एप्स संचालनमा ल्याईसकेका छन् ।यर्सै गरी गजुरी गाउँपालिकाले पनि हाम्रो गजुरी नामको माृवाईल एप्स संचालनमा ल्याईसकेको गाउँपालिकाका उपाध्यक्ष सिता ढुंगानाले जानकारी दिनु भयो ।