स्थानीय तहका लागि ९ हजार बढी पदमा लोक सेवा खुल्यो

1241 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ – मुलुक संघीयतामा गएपछि बनेको नयाँ संरचना अनुसारको स्थानीय तहका लागि पहिलो पटक लोकसेवा आयोगले देशैभरीका स्थानीय तहका लागि सर्वाधिक संख्यामा कर्मचारी पदपूर्तिका लागि आवेदन खुला गरेको छ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोगले विभिन्न प्राविधिक तथा अप्राविधिक समूहमा ९ हजार बढी संख्यामा आवेदन खुला भएको जानकारी दिएको हो।आयोगका अनुसार यसपटक विभिन्न पदमा ९ हजार एकसय ६१ जनाको पदपूर्ति गर्ने गरि सूचना प्रकाशनको तयारी गरिएको छ। आयोगका अनुसार अधिकृत तहको १ हजार ८ सय ३५ जना, नायव सुब्बा तहका ३ हजार ९ सय ३० र बाँकी खरिदार तहको पदमा भर्ना खुला गर्ने तयारी गरिएको हो।

स्थानीय तहमा आवश्यक कर्मचारी भर्नाका लागि आवेदन खुला गर्न लागिएको हो। भर्ना आवदेन खुला भएपछि साउनमा पहिलो चरणको परीक्षा हुनेछ। मंसीर सम्ममा सबै पदमा पदपूर्ति सकिनेछ। आयोगको ६९ वर्षको इतिहासमा एकैपटक यतिधेरै संख्यामा आवेदन खुल्ला गरेको यो पहिलो घटना हुनेछ।

आयोगकाे विज्ञप्ति