सदरमुकाम धादिङबेसीका बैंक एक साताका लागि बन्द

1011 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, ७ जेठ ः धादिङबेसीका बैंक तथा वित्तिय संस्थाहरू एक साताका लागि बन्द गरिने भएको छ । बैंक तथा वित्तिय संस्थामा सर्वसाधरणको उपस्थिती बढ्दै जाँदा सदरमुकाम धादिङबेसीमा कोरोना संक्रमणको उच्च जोखिम बढेको भन्दै आईतबार देखि एक साताका लागि सदरमुकामका सबै बैंक तथा वित्तिय संस्थाको सेवा बन्द गरिएको हो ।

कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रवार बसेको बैठकले जिल्ला सदरमुकाममा सञ्चालित विभिन्न बैंक तथा वित्तिय संस्था आईतबार देखि एक साता सम्म वन्द गर्ने निर्णय भएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
सदरमुकाममा रहेका १३ वटा बाणिज्य र ४ वटा विकास बैकले एक साता अघि देखि हप्ताको दुई दिन पालो लगाएर सेवा दिंदै आएका थिए । निश्चित दिन मात्र बैक खुल्ने भएपछि पेन्सन, सामाजिक सुरक्षा, अन्य बैकिङ कारोवारका लागि गाउँ गाउँबाट दिनहुँजसो सयौं सर्वसाधरण सदरमुकाम आउने गरेका थिए ।

बैंकमा सेवाग्राहीको चाप बढी हुने र पैसाको नोट कारोबारबाट समेत जोखिम बढ्ने भएकाले कोरोना सङ्क्रमण नियन्त्रणका लागि बैंकहरु बन्द गरिएको हो ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र धादिङको शुक्रवार बसेको आकस्मिक बैठकले सबै बैंकको सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो बैठकको निर्णयअनुसार तत्काल बैंकिङ सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय धादिङले सार्वजनिक सूचना जारी गर्नुका साथै सबै बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएर पत्राचार गरेको छ ।बैंकहरु बन्द भए पनि बैंकका एटिम सेवा भने सञ्चालनमा रहने जनाईएको छ ।