गायिका शर्मिला फुयालको ‘राजाले दिएको’ तीज गित सार्वजनिक (भिडियो सहित)

738 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज /  ११ भाद्र

‘राजाले दिएको’ बोलको तीज गीत सार्वजनिक भएको छ । हिन्दू नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी  सार्वजनिक गरिएको गीतमा डान्सिङ कम्पोजमा फ्युजन गरिएको मौलिक शव्दहरुको साथमा गायिका तथा कम्पोजर शर्मिला फुयालको स्वर रहेको छ ।

चर्चित निर्देशक केशवराज भट्टको निर्देशनमा बनेको भिडियो, चर्चित मोडल स्मारिका ढकालको साथमा धादिङकी थांक्रेकी चेली स्नेहा रुपाखेतीले पहिलो डेव्यु गरेकी छिन भने गायिका फुयालको समेत अभिनय रहेको छ ।

गीतलाई दर्शकका बिच भाईरल बनाउन भडकिलो ,दोहोरो अर्थलाग्ने र अश्लिल शव्द चयनगर्ने क्रम बढिरहेका बेला मौलिक शव्दहरुलाई आधुनिक तरिकाले प्रस्तुत गरेको गितले रिलिज भएको छोटो समयमानै राम्रो चर्चा बटुल्न सफल भएको छ । गित भाद्र १० गते बेलुका बाट NES Creation मार्फत युट्युबमा आएको हो ।

हरेक वर्ष तीजलाई लक्षित सयौं  गित सार्वजनिक हुने गर्दछ । यसरी आएका मध्ये  कमैले मात्र  दर्शक बिच आफ्नो छाप छाड्न सफल हुन्छन् ।