गल्छीकी प्रमिला तामाङले पाईन ५० हजार राशीको उद्यमी पुरस्कार तामाङ बनिन वागमती प्रदेशकै सर्वोत्कृष्ठ उद्यमी

756 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज / २२ भदौ २०८०

धादिङ– धादिङको गल्छीबजारकी प्रमिला तामाङ वागमती प्रदेशकै सर्वोत्कृष्ठ उद्यमी बन्दै ५० हजार राशीको उत्कृष्ट उद्यमी पुरस्कार प्राप्त गर्न सफल भएकी छन् ।

निर्धन उत्थान लघुवित्तले संस्थामा आवद्ध भई ऋण लिएर व्यवसाय /उद्यम सञ्चालन गर्दै आईरहेका प्रदेशभरीका ऋणीहरु मध्येबाट प्रत्येक बर्ष १ जनालाई सो पुरस्कार दिंदै आईरहेको छ । ७ प्रदेशका उत्कृष्ट १/१ जनालाई प्रदान गर्ने ५० हजार रुपैयाँ राशिको डा.हरिहरदेव पन्त लघु उद्यमशील पुरस्कार बागमती प्रदेशबाट यो बर्ष तामाङलाई प्रदान गरेको हो ।

प्रमिला गल्छी गाउँपालिका वडा नम्बर ७ मा गल्छीबजारमा होटल/खाजाघर व्यवसायमा आवद्ध रहेकी छिन ।

डा. हरिहरदेव पन्तलाई नेपालको लघुवित्त क्षेत्रका प्रवद्र्धक मानिन्छ । लघु वित्तमार्फत गरिब एवं विपन्न परिवारमा बैंकिङ पहुँच स्थापना र लघु उद्यमका लागि कर्जा प्रवाहको उद्देश्यले लघु वित्त वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् ।सन् १९८० दशकमा बंगलादेशबाट सुरु भएको लघुवित्त वित्तीय संस्थाको मोडल नेपालमा स्व. पन्तको योगदानबाट भित्रिएको मानिन्छ ।

२०७२ भदौ २१ मा निधन भएका पन्तको स्मृतिमा निर्धन उत्थान लघु वित्त वित्तिय संस्थाले हरेक वर्ष पन्तको स्मृति दिवसका दिन  पारेर देशभरका ७ वटै प्रदेशका १/१ जना उत्कृष्ट उद्यमीलाई नगद सहित सम्मान गर्दै आएको छ ।