धादिङ–पोखरा सम्पर्क मञ्चको अध्यक्षमा गोकर्ण अधिकारी चयन

159 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पोखरा । नेकपा (एमाले) धादिङ–पोखरा सम्पर्क मञ्चको अध्यक्षमा गोकर्ण अधिकारी चयन भएका छन् ।

 शनिबार भएको मञ्चको १२ औं साधारणसभा तथा छैटौं अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । मञ्चको वरिष्ठ उपाध्यक्षमा रामकुमार घिमिरे, उपाध्यक्षमा यर्मीला तामाङ्ग र योगप्रसाद सापकोटा (नवराज) चुनिएका छन्  ।

सचिवमा रामप्रसाद दुवाडी, सहसचिवमा कमल सापकोटा, विष्णुमाया श्रेष्ठ, आर्थिक विभाग प्रमुखमा मनोज विशुन्के चयन भएका छन् ।

मञ्चको कार्यसमिति सदस्यमा सीता ढकाल कोइराला, टिकाराम अधिकारी, शरण रिजाल, बेलबहादुर तामाङ्ग, रामप्रसाद नेपाल, नमराज लामिछाने, सावित्री बराइली, रमेश भट्ट, निरमाया तामाङ्ग, रामहरि सारु मगर रहेका छन् ।

नवराज दुवाडी संयोजक, वीरबहादुर थापा र कृष्णबहादुर लम्सालल सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

 अधिवेशनको उट्घाटन नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गरेका थिए । कार्यक्रममा विशेष अतिथि एमाले बागमती प्रदेश सचिवालय सदस्य एवं पूर्व प्रदेश राज्यमन्त्री डा. रामकुमार अधिकारी, एमाले धादिङका उपाध्यक्ष एवं संविधानसभा सदस्य धन बहादुर घले, एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, जिल्ला कमिटि धादिङ सदस्य चन्द्रकुमारी अधिकारी, मञ्चका संस्थापक अध्यक्ष कृष्णबहादुर लम्साल, मञ्चका पूर्व अध्यक्ष बेनी पाठक लगायतले बोलेका थिए ।