गाई र त्रिशूलको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक

103 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज

८ असोज २०८०
काठमाडौँ-नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले एकातर्फ गाई र अर्को तर्फ त्रिशूलको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ। बबरमहलस्थित टक्सार महाशाखामा मंगलबार आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन्।

महाशाखाले १० ग्राम र २५ ग्रामका दुई चाँदीका मेडालियन सिक्का टकमरी गरी विक्री सुरु गरेको हो। १० ग्राम सिक्काको १ हजार ६०० र २५ ग्राम सिक्काको ४ हजार मूल्य निर्धारण गरिएको छ। सिक्कामा कुनै दर उल्लेख गरिएको छैन । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ।

बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ। दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ।