नेकपा एमाले वागमतीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित

115 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

१३ असोज , २०८०

काठमाडौं । काठमाण्डौंमा सम्पन्न नेकपा एमाले वागमती प्रदेशको प्रथम अधिबेशनबाट प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुंगेल निर्वाचित निर्वाचित हुनुभएको छ ।

शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ढुंगेलले ६९६ मत प्राप्त गरी अध्यक्ष निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका अर्को उम्मेदवार मकवानपुरका कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गर्नुभएको छ ।

अध्यक्षमा निर्वाचित ढुंगेल बागमती प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत हुनुहुन्छ ।

यसै गरी उपाध्यक्षमा चितवनका दावादोर्जे लामा विजयी विजयी हुनुभएको छ । लामाले ६१५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सचिवमा ललितपुरका विजयी हुनुभएको छ । सचिवमा सिलवाल एक मतले विजयी हुनुभएको छ । सिलवालले ५६८ मत प्राप्त गर्दा हस्त पण्डितले ५६७ मत प्राप्त गर्नुभयो । यस्तै उपसचिवमा प्रेमकुमार महर्जन ५९९ र भक्त कुमारी लामा ५३६ मतसहित बिजयी हुनुभएको छ ।

 प्रदेश कमिटीको २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित भएका थिए ।

नेकपा एमालेको बागमती प्रदेश अधिवशेनमा नेत्तृत्वमा सर्वसम्मतीको प्रयास गरिए पनि सम्भव नभएपछि शुक्रबार मतदान भएको थियो ।