एनएसटीको कार्य समिति सदस्यमा मनोज धितालको उम्मेदवारी

652 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज

मंसिर १९, २०८० सोमबार

धादिङ- अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा ठूलो साझा संस्थाको रुपमा चिनिएको नेपाली समाज टेक्सस एनएसटीको अधिबेशनको मिति नजिकिंदै गर्दा विभिन्न पदमा उम्मेदवारीको घोषणा गर्नेहरुको संख्या पनि बढ्दै गएको छ ।नेपाली समाज टेक्ससको निर्वाचन आउँदो डिसेम्बर १६ तारिक हुँदैछ । नेपाली समाज टेक्सस यस क्षेत्रको सबैभन्दा ठूलो र पुरानो सामुदायिक संस्था हो । सन् १९९७ मा यो संस्था स्थापना भएको हो । अहिले दुईहजार ५ सय १२ जना सदस्य छन् ।

यसैक्रममा काठमाण्डौंको आरआर क्याम्पसबाट पत्रकारितामा स्नातक उत्तिर्ण धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ मुल घर भएर हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आईरहेका मनोज धितालले पनि यस पटक एनएसटिको सदस्य पदमा राजेन्द्र वाग्लेको टिमबाट उम्मेदवारी दिएका छन् । ‘सक्षम नेत्तृत्व समावेशी र एकताबद्ध समाज’ भन्ने नाराका साथ चुनावी मैदानमा उत्रिएको वाग्लेको टिमबाट उम्मेदवारी दिएका मनोज नेपालबाट सन २०१५ मा अमेरिका गएका हुन ।

शुरुको एक बर्ष मेरील्याण्डमा बसेका उनि सन २०१६ देखि टेक्ससमा बस्दै आईरहेका छन् । सन २०१९ को संस्थाको आजिवन सदस्य वनेका उनले संस्था र व्यक्तिगत तबरबाट विभिन्न सामाजिक कार्यमा सहभागि हुनुका साथै अप्ठेरोमा परेका नेपालीहरुलाई व्यक्तिगत रुपमा सहयोग समेत गर्दै आईरहेका छन् । नेपालमा रहँदा बिद्यार्थी संगठन र पत्रकारितामा समेत मनोज आवद्ध भएका थिए । राजेन्द्र वाग्लेको टीमबाट बरिष्ठ उपाध्यक्षमा जनक भण्डारी, महिला उपाध्यक्षमा सावित्री भण्डारी, उपाध्यक्षमा रविन पाठक, महासचिवमा विजय भुसाल, सचिवमा शव्दिता प्याकुरेल, कोषाध्यक्षमा रामकुमार यादव, सह कोषाध्यक्षमा शुसिल वर्तौला, र महिला संयोजकमा शान्ता गिरीको उम्मेदवारी रहेको छ ।

त्यसै गरी युवा संयोजकमा प्रविश श्रेष्ठ,खेल संयोजकमा निलेश श्रेष्ठ, र सदस्यहरुमा राधा पौडेल अधिकारी, मनोज धिताल,कुमार तामाङ,राधिका खराल र जिवलाल भुसालको उम्मेदवारी रहेको छ ।

वाग्लेको टिमबाट उम्मेदवारी दिएका मध्ये महिला उपाध्यक्ष सावित्री भण्डारी र महिला संयोजक शान्ता गिरी निर्विरोध निर्वाचित भईसकेका छन् ।