पोर्चुगलमा तमु ल्होछारको रौनक

201 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पोर्चुगल । पुष १५ अर्थात् तमु ल्होछारको अवसरमा पोर्चुगलमा रहदै आएका गुरुङ समुदायले एक भब्य कार्यक्रम सम्पन्न गरेर तमु ल्होछार मनाएका छन् । पोर्चुगल स्थित गुरुङ समाज मारिना दास ओन्दासको स्थानीय व्यवस्थापनमा एक भब्य सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपालबाट रोजगारीको सिलसिलामा पोर्चुगलको कोइम्ब्रा जिल्लाको मारिना दास ओन्दासमा पुगेका नेपाली दाजुभाई दिदीबहिनीहरुको ब्यापक उपस्थिति रहेको थियो । सो क्रममा नेपाली युवा युवतीहरुले गुरुङ समुदायको भेषभुषा झल्कने पोसाक लगाइ नाचगान गरेका थिए।
कार्यक्रममा सहभागिहरुले नेपाली राष्ट्र भावले ओतप्रोत गित गाएर रमाइलो गरेका थिए। कार्यक्रम स्थानीय समय अनुसार आइतबार दिउसो ३ बजेबाट सुरु भयको थियो ।