नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको ५औं अधिवेशन सम्पन्न अध्यक्षमा कलाकार वसन्ती राइ सर्वसम्मत चयन

157 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

न्यूयोर्क । नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको अध्यक्षमा कलाकार वसन्ती राइ चयन भएकी छिन् । शनिवार न्यूयोर्कको कुइन्समा सम्पन्न संस्थाको पाचौं अधिवेशनले चर्चित मोडल राइलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

प्रमुख अतिथी चर्चित गायक जगदिश समाल र कार्यक्रम सभापती निवर्तमान अध्यक्ष गायिका निशा सुनारले संयुक्तरुपमा दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए।

संघको ५ औ अधिवेशनले नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा लोक तथा दोहोरी गायक बिमल डॅागी, उपाध्यक्षहरु चर्चित नृत्य निर्देशक/ मोडल शंकर बिसी, अभिनेता/निर्देशक तथा संचारकर्मी बिक्की पुलामी, गायक राजेन्द्र राई, गायक मधुर गिरी र मोडल ईत्ना कार्की सहित ५ जनालाई सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी महासचिवमा लोक तथा दोहोरी गायिका संगिता थापा मगर, सह–सचिबमा गायक प्रेम सेन्चुरी, कोषाध्यक्षमा कलाकार नबिन श्रेष्ठ, सह-कोषाध्यक्षमा कलाकार पुष्पा बस्नेत, युवा संयोजकमा गायक दिलिप श्रीस मगर, मिडिया संयोजकमा कवि तथा गीतकार पुष्कर बराललाई सर्वसम्मत चयन गरिएको छ भने बोर्ड सदस्यहरुमा गायक वीर घर्ति मगर, कलाकार माया मेलिसा राई, कलाकार चिनिलाल श्रेष्ठ, पार्कर खेलाडी तथा कलाकार दिनेश सुनार र गायक तथा संगीतकार कुमार थापा मगरलाई सर्वसम्मत चयन गरिएको चर्चित लोक गायक तथा नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष बिमल डाँगीले धादिङन्युजलाई जानकारी दिनुभयो।