रुवीभ्याली गाउँपालिकाको सेर्तुङमा बृहत निःशुल्क स्वास्थ्य शिविर

293 पटक पढिएको

सम्पादक: Dhading News

रुवीभ्याली (धादिङ) २१ बैशाख । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवीभ्याली गाउँपालिकाको सेर्तुङमा प्राविधिक सेवा सहितको बृहत स्वास्थ्य शिविर कार्यक्रम संचालन गरिएको छ ।

धादिङ जिल्ला अस्पतालको आयोजना र रुवीभ्याली गाउँपालिकाको व्यवस्थापनमा आयोजना गरिएको दुई दिने बृहत स्वास्थ्य शिविर कार्यक्रम बैशाख २१ गते शुभारम्भ गरिएको हो । शिविरको पहिलो दिन ३०० जनाको स्वास्थ्य परिक्षण गरिएकोमा ति मध्ये १०७ जनाको भिडियो एक्सरे, १०० जनाको इंसिजि, ३१ जनाको दन्त रोग र अन्य बाँकीलाई जनरल स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य परिक्षण गरिएकाहरुलाई रोगको प्रकृति हेरी आवश्यक औषधि समेत वितरण गरिएको शिविरमा रहनु भएका धादिङ अस्पतालका सिअहेव अधिकृत कृष्णलाल उप्रेतीले धादिङ न्यूजलाई वताउनु भयो ।

दुई दिन सम्म चल्ने बृहत निःशुल्क स्वास्थ्य शिविर वागमती प्रदेश सरकारको मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम अन्र्तगत सञ्चालन गरिएको हो । शिविरको शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख नमराज अधिकारी, रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिहं तामाङ, जिल्ला समन्वय समितिका सदस्य रामप्रसाद रिजाल, जिल्ला अस्पताल धादिङका सञ्चालक समितिका अध्यक्ष राजाराम रिजाल, सदस्य प्रकाश श्रेष्ठ, धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा गगन अधिकारी लगायतको आतिथ्य रहेको थियो ।

डा. गगन अधिकारी, डा. भुषण सुवेदी, डा.अनिल गुरुङ, डा.अनिशा बासुकला लगायतको बिशेषज्ञ चिकित्सक टोली,धादिङ अस्पताल र रुवीभ्याली आधारभूत अस्पताल सेर्तुङका स्वाथ्यकर्मीहरुले शिविरमा सेवा लिन आएका नागरिकको स्वास्थ्य परिक्षण गरिरहेका छन् ।