मदुकुमार श्रेष्ठ वागमती प्रदेश सरकारको मन्त्री

223 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, १० साउन ,२०८१ । धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य मदुकुमार श्रेष्ठ वागमती प्रदेश सरकारको मन्त्री बनेका छन् । श्रेष्ठले बुधवार मन्त्री पदको सपथ लिए पनि मन्त्रालय भने पाएका छैनन् ।

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुको बुधवार सपथग्रण भएको छ । हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रहण भएको थियो ।। प्रदेशमा मुख्यमन्त्री बहादुर सिं लामा सहित अरु नौ जना मन्त्रीहरुले सपथग्रहण गरेका थिए ।

नेकपा एमालेका छ जना मन्त्री र नेपाली कांग्रेसका ३ जना मन्त्रीहरुको सपथग्रहण गरिएको थियो । बागमती प्रदेश प्रमुख यादब चन्द्र शर्माले मुख्यमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराए ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालय हेटौँडा एक समारोह बिच कांग्रेस संसदीय दलका नेता लामालाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नेपालको संविधानको धारा १६८ को २ अनुसार साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामा प्रदेशका पाँचौँ मुख्यमन्त्री हुन ।

एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् ।कांग्रेसले पाएको मन्त्रालयमा आन्तरिक सहमती जुटाउन नसक्दा मन्त्रीहरुलाई जिम्मेवारी दिन ढिलाई भएको हो ।

कांग्रेसबाट मन्त्रीमा कुन्दनराज काफ्ले, श्याम खड्का, मदु कुमार श्रेष्ठले शपथ ग्रहण गरेपनि उनीहरूको जिम्मेवारी तोकिएको छैन । उनीहरूलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ ग्रहण गराएका थिए ।

मन्त्री बनेका श्रेष्ठ २०७९ को निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् । नेकपा एमाले भित्र उम्मेदवार छनौटका बिषयमा भएको बिवादले एमालेको पकड मानिएको क्षेत्रमा तत्कालिन गठवन्धनको तर्फबाट श्रेष्ठ विजयी भएका थिए । एमालेले टिकट बितरणमा गरेको कमजोरीका कारण यो क्षेत्रमा पराजय भोग्नु परेको थियो ।
गुटवन्दीको चपेटमा परेको एमालेले नेत्र पौडेललाई हटाएर रमेश आचार्यलाई टिकट दिएपछि पार्टी भित्र चरम विवाद भई कार्यकर्ताहरु विद्रोहमा उत्रिएका थिए । विधि विधानलाई भन्दा गुठवन्दीलाई प्राथमिकता दिंदा एमालेले झिनो मतले प्रदेश सभामा पराजय भोगेको थियो । श्रेष्ठले १७ हजार ८३२ मत प्राप्त गर्दा आचार्यले १६ हजार ५३८ मत प्राप्त गरेका थिए । निर्वाचनको बेला भएको कमिकमजोरी सच्चाएर अघि बढ्ने तर्फ नलागि एमालेको नेत्तृत्व अहिले पनि एक अर्कोको गल्ती देखाउँदै निषेधको राजनितिमा सक्रिय रहेको छ ।

Leave a reply