फ्रान्स दूतावासको टोलीले पोर्चुगलको राजधानी लिस्बनबाटै थाल्यो ‘कन्सुलर’ सेवा

76 पटक पढिएको

सम्पादक: Dhading News

पोर्चुगल, १६ भदौ आईतबार २०८१ । कागजात प्रमाणीकरण सम्बन्धी समस्यामा परेका नेपालीलाई लक्षित गरि फ्रान्सस्थित नेपाली दूतावासको टोलीले पोर्चुगलको राजधानी लिस्बनबाटै कागजात प्रमाणीकरणलगायत ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ ।

फ्रान्सस्थित नेपाली दूतावासबाट आएको नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको दुई सदस्यीय टोलीले शुक्रबारदेखि लिस्बनबाटै कागजात प्रमाणीकरणलगायत कन्सुलर सेवा दिन सुरु गरेको हो । दूतावासले लिस्बनस्थित गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको कार्यालयमा घुम्ती सेवा सञ्चालन गरी कन्सुलर सेवा दिन सुरु गरेको हो । कन्सुलर सेवा सुरु भएसँगै प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायत कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका सेवाग्राही नेपालीको भीडभाड लागेको छ ।

पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईका अनुसार घुम्ती सेवाबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीको सहजताका लागि परराष्ट्र मन्त्रालयसँगको समन्वयमा लिस्बनबाटै कन्सुलर सेवा दिन सुुुुरु गरिएको हो ।  घुम्ती सेवाबाट दुई हजार बढीले सेवा लिने राजदूताबासले अनुमान गरेको छ ।

टोलीले कन्सुलर सेवा विभाग काठमाडौँले प्रमाणीकरण गरेको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट), जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित, विवाह दर्तालगायतका कागजात प्रमाणीकरणका साथै अन्य कन्सुलरसम्बन्धी सेवा प्रदान गर्ने राजदूत भट्टराईले बताए।

टोलीले सेप्टेम्बर ३ तारिखसम्म राजधानी लिस्बनमा रहेर कन्सुलर सेवा प्रदान गर्ने दूतावासले जनाएको  छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *