नयाँ कमेडी शो ‘अँ प्रश्न के हो?’ बुधबारदेखि आउँदै
73 पटक पढिएको

काठमाडौं । लोकप्रिय रियालिटी सो ‘कमेडी च्याम्पियन’ बाट दर्शकको मन जित्न सफल भएका नयाँ पुस्ताका स्ट्याण्ड अफ कमेडियनहरूले कमेडी शो ‘अँ प्रश्न के हो?’ ल्याउने भएका छन्।
‘कमेडी च्याम्पियन’का चर्चित कलाकारहरू मिलेर यो शो ल्याउन लागेका हुन्। शोको मंगलबार ट्रेलर सार्वजनिक गरिएको छ।
चैत ६ गतेदेखि बुधबार देखि हरेक बुधबार ओएसआर रियालिटी युट्युबमा शो प्रशारण हुनेछ।
शोमा प्रेम विश्वकर्मा, लोमन सागर रेग्मी, कृष्ण गैरे, कुशल अधिकारी लगायतको प्रस्तुति रहनेछ। हरेक एपिसोडमा कलाकारहरू नयाँ–नयाँ क्यारेक्टरमा प्रस्तुत हुनेछन्।शोमा दर्शकले नयाँ स्वादको कमेडी पाउने कलाकारहरूले बताएका छन्।
२६ एपिसोड प्रशारणमा ल्याउने तयारीमा रहेको शोमा लेखन कृष्ण गैरे, लोमन सागर रेग्मी, प्रेम विश्वकर्माको संयुक्त रहनेछ। निर्देशकमा विनोद श्रेष्ठ छन्।