सदरमुकाम धादिङबेसी र आसपासको क्षेत्रमा आज दिनभर विजुली नआउने

718 पटक पढिएको

२७ चैत्र २०८१, बुधबार ०७:५७ सम्पादक: धादिङ न्यूज

धादिङ, २७ चैत २०८१ । धादिङको सदरमुकाम धादिङबेसी लगायत जिल्लाका विभिन्न स्थानमा  आज चैत २७ गते बुधबार बिहान ९ बजेदेखि दिउँसो ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण धादिङ वितरण केन्द्रका अनुसार  देविघाट सवस्टेशन देखि रातमाटे  हुदै धादिङ आएको ३३ के.भि. प्रशारण लाईन अन्तर्गत पर्ने धादिडवेशी सवस्टेशनमा रहेको पावर ट्रान्सफर्मरको तेल फिल्टर गर्ने तथा सवस्टेशनको मर्मतसंभार कार्य गर्नुपर्ने भएकोले मिति २०८१ चैत २७ गते बुधवार बिहान ९ वजे देखि बेलुका ५ वजे सम्म धादिङवेशी सवस्टेशनवाट वितरित सम्पूर्ण फिडर एरियाहरु  नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउपालिकाको १ र २ वडाको सम्पूर्ण एरियाहरु लगायतका स्थानमामा विद्युत सप्लाई बन्दहुने भएको हो ।

विजुली वन्द रहने क्षेत्रमा सम्भव भए सम्म प्राविधिक दृष्टिकोणले मिलेसम्म बैकल्पिक लाईनको व्यवस्था गरी लाईन सञ्चालन गर्ने प्रयास गरिने र उक्त लाईन अनियमित हुन सक्नेपनि प्राधिकरणले जनाएको छ ।