गोरखाको सिरानचोकमा खसीबोका प्रदर्शनी सम्पन्न
546 पटक पढिएको
गोरखा । गोरखाको सिरानचोक गाउँपालिकामा खसीबोका प्रदर्शनी सम्पन्न भएको छ।
शुक्रवार सम्पन्न भएको प्रदर्शनीमा १२५ जना किसानले सहभागिता जनाएका थिए भने १४६ वटा खसीबोका प्रदर्शनमा राखिएका थिए। तीमध्ये ४० वटा बिक्री भएका छन्।
प्रतियोगितामा वडा नं. ७ का दिपक थापा पहिलो बनेका छन्। उनले प्रदर्शनमा ल्याएको बोका ७४ केजी तौलको थियो। वडा नं. ४ का नारायण पोखरेल ७० केजीको बोका सहित दोस्रो र वडा नं. ५ का राजेन्द्र पोखरेल ५८ केजी बोका सहित तेस्रो भएका छन्। सान्त्वना पुरस्कार वडा नं. ७ को बाबा कृषि फर्मलाई ५७ केजीको बोका सहित प्रदान गरिएको छ।
यसैगरी सोही कार्यक्रममा गाईभैंसीपालक वडा नं. ६ का भीमकुमार श्रेष्ठ, बंगुरपालक वडा नं. ८ का दिपक, माछापालक वडा नं. ४ का तिलकबहादुर गौतम र बाख्रापालक वडा नं. ७ की सीता देवी घिमिरेलाई सम्मान गरिएको छ। साथै वडा नं. ५ का टेकबहादुर गुरुङलाई विशेष सम्मान प्रदान गरिएको थियो।







