एमालेले आज धादिङको १३ वटै पालिकामा जनप्रदर्शन गर्ने
355 पटक पढिएको
धादिङ- नेकपा एमालेले कात्तिक २५ गते संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न भन्दै देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ ।
मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरुद्ध जनतालाई सचेत पार्न भन्दै एमालेले जनसचेतना अभियान घोषणा गरेको हो । देश व्यापी हुन लागेको सो कार्यक्रम अन्तरगत धादिङ जिल्लामा पनि १३ वटै पालिकामा छुट्टाछुट्टै प्रदर्शन र कार्यक्रम सञ्चालन गरिने एमाले धादिङले जनाएको छ।
जेन–जी आन्दोलनपछि देशभर फैलिएको अराजकता र विध्वंसका घटनाविरुद्ध खबरदारी गर्न तथा अपराधीहरूलाई दण्डित गर्न माग गर्दै प्रदर्शन गर्न लागिएको धादिङ एमालेका अध्यक्ष भूमि त्रिपाठीले जानकारी दिनुभयो।
संविधानको रक्षा, लोकतन्त्रको जगेर्ना र संसद पुनःस्थापनाका लागि दबाब सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रमलाई सफल बनाउन नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई सक्रिय सहभागिताको आह्वान गरिएको एमाले धादिङकी सचिव राधिका सापकोटाले बताउनुभयो।
संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न भन्दै देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरुद्ध जनतालाई सचेत पार्न भन्दै एमालेले जनसचेतना अभियान घोषणा गरेको हो ।
- फाईल तस्बिर







