धादिङमा बारिस्टा (कफी बनाउने) विषयको ३९० घण्टे सीपमूलक तालिम सुरु

334 पटक पढिएको

२९ फाल्गुन २०८२, शुक्रबार १३:४१ सम्पादक: धादिङ न्यूज

धादिङ – नीलकण्ठ नगरपालिका–८ रामकोटमा युवालाई लक्षित गर्दै बारिस्टा (कफी बनाउने) विषयको ३९० घण्टे सीपमूलक तालिम सुरु गरिएको छ।

बागमती प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय तथा सामाजिक विकास कार्यालय धादिङको आयोजनामा “सीप सिकौँ, आत्मनिर्भर बनौँ” भन्ने नारासहित तालिमको उद्घाटन गरिएको हो।

युवालाई सीपमूलक तालिममार्फत स्वरोजगार र उद्यमशीलतातर्फ उन्मुख गराउने उद्देश्यले ३९० घण्टे कार्यअवधिको बारिस्टा तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ। तालिममा कफी बनाउने आधुनिक प्रविधि, कफी तयारीका विधि, ग्राहक सेवा तथा क्याफे सञ्चालनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेनीलकण्ठ ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

तालिम सञ्चालनको जिम्मा सिद्धिविनायक टेक्निकल इन्स्टिच्युट प्रा.लि., कावासोती–३ नवलपुरले लिएको छ। यस तालिमले स्थानीय युवालाई सीपयुक्त बनाउँदै रोजगारी सिर्जना तथा आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।