प्रतिनिधि सभाको बैठक आज, डिपी अर्याल निर्विरोध सभामुख निर्वाचित हुँदै

205 पटक पढिएको

२२ चैत्र २०८२, आईतवार ०६:५३ सम्पादक: धादिङ न्यूज

काठमाडौं, २०८२ चैत २२ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आजको बैठक मुख्यगरी नयाँ सभामुख चयनको प्रक्रियामा केन्द्रित रहनेछ।

सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालको मात्र एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन्। आजको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। उक्त प्रस्तावलाई रास्वपाका सांसदहरू सोबिता गौतम, डा. स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गर्ने कार्यक्रम तय भएको छ। अर्यालको एकल उम्मेदवारी परेका कारण आजको बैठकले उनलाई विधिवत रूपमा सभामुख चयन भएको घोषणा गर्नेछ।