भूकम्पपछि हिम पहिरो जाँदा होटल पुरियो, दुईको मृत्यु, ३० बेपत्ता

485 पटक पढिएको

प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार ०७:१९

सम्पादक: Dhading News

itali-1मिलान (इटाली),७ माघ । मध्य इटालीको एउटा चार तारे होटेल हिम पहिरोमा पुरिँदा त्यसमा रहेका दुईजना बालबालिकासहित कम्तीमा तीस जना बेपत्ता भएका छन् । दुईको शव फेला परेको छ ।

अस्ति मात्र त्यहाँको पर्वतीय क्षेत्रमा तीन पटकसम्म भूकम्प गएको थियो । स्थानीय समयानुसार बुधबार बिहान १०ः२५ मा गएको भूकम्प ५.३ म्याग्निच्युडको भएको र ५० मिनेट पछाडि ५.७ म्याग्निच्युड र त्यसपछि तेस्रो भने ५.५ म्याग्निच्युडको भूकम्प गई तहसनहस पारेको थियो । सोही भूकम्पका कारण विशाल हिम पहिरो गई त्यहाँका अन्य धेरै संरचनासमेत नष्ट भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

हिजोको भूकम्प पश्चात् सानातिना धक्का बारम्बार गइरहहेको हुँदा मध्य इटालीको आब्रुज्जो क्षेत्रमा अवस्थित रिगोपियानो नामक उक्त तीनतले होटलमा बस्ने पाहुनाहरूले पहिरो जाने ठूलो खतराको सम्भावना रहेको भनी हिजो बेलुकै दैवीप्रकोप नियन्त्रण सम्बद्ध अधिकारीहरूलाई इमेल, एसएमएस मार्फत् सूचना दिई सचेत गराएको एएनसीए समाचार समितिले जनाएको छ ।

itay-2

हिम पहिरो गइसकेपछि तत्कालै विभिन्न कठिनाइ पार गर्दै जसोतसो घटनास्थल पुगेका उद्धारकर्मीहरूले केबल दुईजनालाई मात्र जीवितै उद्धार गर्न सकेका छन् । केही हप्ता पहिलेदेखि युरोपका धेरैजसो भूखण्डमा भारी हिमपातका कारण सर्वत्र हिउँ नै हिउँको थुप्रोले ढाकेकाले उद्धार कार्य अत्यन्त कठीन रहेको सम्बन्धित अधिकारीहरूको भनाइ छ ।

त्यस्तै, बाटाघाटाहरू पूरै बन्द भई दिनाले हिउँले पुरिएको उक्त होटेलसम्म पनि स्कीको सहारा लिई बल्लतल्ल पुग्न सकिएको बताइएको छ । सो होटेल इटालीको समुद्रतटवर्ती नगर पेस्काराबाट ४५ किलोमिटर टाढा रहेको ग्य्रान्ड सास्सो राष्ट्रिय निकुन्ज भित्र र समुद्र सतहदेखि एक हजार दुई सय मिटर (तीन हजार नौसय चालीस फिट) को उचाइमा पर्छ । रासस÷एपी



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

७ माघ २०७३, शुक्रबार ०७:१९ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

धादिङ न्यूज डटकमको सम्पादकमा रामचन्द्र रुपाखेती

    धादिङ- धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कमको सञ्चालन अब डिन्यूज मिडिया प्रा.लि.ले गर्ने भएको छ । नेत्रावती मिडिया प्रा.लि.बाट अनलाइनको स्वामित्व डिन्यूजमा सरेसंगै कम्पनीले धादिङ.....

बागमती प्रदेशले धादिङ अस्पताललाई ७५ लाख दिने

हेटौंडा, २३ भदौ - कोरोना भाईरस संक्रमण तथा रोकथामका लागि बागमती प्रदेशले प्रदेशका बिभिन्न स्थानिय तह, अस्पताल र.....

नागढुंगा सुरुङमार्ग निर्माण सुरु, १ वर्षमै सुरुङको प्वाल खनिने

धादिङ- सिस्नेखोलादेखि काठमाडौंको थानकोट जोड्ने बुहप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माण सुरु भएको छ । सडक.....

बूढीगण्डकी आयोजना प्रभावितहरुले बुझे ३२ अर्ब मुआब्जा

केशव अधिकारी धादिङ । आयोजना कस्ले बनाउने र कुन ढाँचामा बन्ने भन्ने बारेमा टुंगो लाग्न नसकेपनि प्रस्तावित १२ सय.....

धादिङमा निषेधाज्ञा भदाै ९ गतेसम्म थप

 धादिङ ।  कोरोना संक्रमणको महामारी थप फैलन नदिन धादिङमा निषेधाज्ञालाई कडाई गरिने भएको छ । जिल्ला सुरक्षा.....

Categories

Above Footer Ad