एमालेलाई केन्द्रीय कार्यालय निर्माणका लागि मिनबहादुर गुरुङले दिएको जग्गादान स्विकार्ने बाटो खुल्यो

78 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं २ पुस २०८१ ।  नेकपा एमालेलाई केन्द्रीय कार्यालय निर्माणका लागि भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले दिएको जग्गादान स्विकार्ने बाटो खुलेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले जग्गादान लिने एमालेको निर्णयलाई कानूनसम्मत ठहर्‍याउँदै रिट खारेज गरेको हो ।

कीर्तिपुर नगरपालिका– २ मैत्रीनगरमा एमालेलाई केन्द्रीय कार्यालय निर्माण गरेर दिनका लागि व्यवसायी मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले १० रोपनी १४ आना जग्गा दिएका थिए । तर, जग्गा दान सम्बन्धमा गत कात्तिक १२ गते परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले रिटमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरी छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो । त्यही मुद्दा पूर्ण सुनुवाईपछि खारेज भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *