धादिङका ९ सहित देशभरका ५४० वटा पालिकामा राष्ट्रिय बहुसूचक सर्वेक्षण

68 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,२ पुस २०८१ ।  राष्ट्रिय तथ्यांक कार्यालयले धादिङका ९ वटा सहित देशभरका ५४० स्थानीय तहमा राष्ट्रिय बहुसूचक सर्वेक्षण थालेको छ ।

 हरेक ५ वर्षमा गरिने यो सर्वेक्षण मंंसिर अन्तिम साताबाट सुरु भएको हो । देशभरका विभिन्न स्थानिय तह संगै धादिङको रुवीभ्याली, त्रिपुरासुन्दरी, नीलकण्ठ, ज्वालामुखी,सिद्धलेक,बेनिघाटरोराङ, गल्छी, थांक्रे र धुनिबेसीको छानिएका वडाका घरधुरी पुगेर सर्वेक्षण गरिने कार्यालयले जनाएको छ ।

कार्यालयले ५ महिना लगाएर गर्ने सो सर्वेक्षणमा विशेष गरेर महिला र वालवालिकाको अवस्थाबारे जानकारी संकलन गर्ने गरिएको छ ।

युनिसेफको सहयोगमा हरेक ५ वर्षमा हुने यो सर्वोक्षण पछिल्लो पटक २०७६ सालमा भएको थियो । २०७१ सालमा प्रति १ हजार जीवित जन्मेका शिशुहरूमध्ये १ वर्ष उमेर नपुग्दै ३३ जना शिशु मृत्यु भएको थियोे । २०७६ सालमा भएको सर्वेक्षण अनुसार सो घटेर २५ जनामा झरेको छ ।

सोही अवधिमा ५वर्षमुनिका बालबाललिकाको मृत्युदर पनि प्रति १ हजार जीवित जन्मेका बालबालिकामध्ये ५ वर्ष उमेर नपुग्दै ३८ जना बाल मृत्युबाट घटेर २८ जनामा झरेको थियो । त्यसै गरी प्रति १ हजार जीवित जन्मेका नवजात शिशुहरूमध्ये १ महिना उमेर नपुग्दै २३ जना नवजात शिशु मृत्युबाट झरेर १६ जनामा रहेको देखिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *