दश वर्षमा दश हजार दुई सय ७४ जनाले वैदेशिक रोजगारीमा ज्यान गुमाए
40 पटक पढिएको
काठमाडौं, ३ पुस २०८१ । आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ को दश वर्षसम्म वैदेशिक रोजगारीका क्रममा दश हजार दुई सय ७४ जनाले ज्यान गुमाएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस, २०८१ को अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो तथ्यांक सार्वजनिक गरेको हो ।
तथ्यांक अनुसार यो आर्थिक वर्षमा मात्र एक हजार ४९२ जना नेपाली श्रमिकले ज्यान गुमाएको र ५७८ जना अंगभंग भइ स्वदेश फर्किएका छन् । मृत्यु हुनेमा ११६ महिला र १ हजार ३७६ पुरुष रहेको जिफन्टले जनाएको छ । अघिल्लो वर्ष २०२२–०२३ मा यो संख्या १ हजार २०८ मात्र थियो । जसमा ४५ महिला र १ हजार १६३ पुरुष थिए ।
सन् २०१४/१५ मा एक हजार छ, २०१५/१६ मा ८१३, २०१६/१७ मा ७५५, २०१७/१८ मा ८२९, २०१८/१९ मा ७९६, २०१९/२० मा ६५६, २०२०/२१ मा एक हजार २४९ र २०२१/२२ मा एक हजार ४७९ जनाको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको तथ्यांक छ ।