व्यवसायी बन्ने पेरणा मिल्यो

891 पटक पढिएको

सम्पादक: Dhadingnews.com

री गा.वि.स. वडा नं १ तावलका २८ बर्षिय मैती तामाङ पेशाले व्यवसायी हुन् तर उनको यो परिचय पहिले यस रुपमा थिएन् उनी त केवल आफ्नो होटल व्यवसाय गरेर बसेका थिए । यहि होटल व्यवसायबाट उनले आफ्नो २ जना छोरा र श्रिमतीको जिवन यापन गरीराखेका थिए होटल व्यवसायसंगै केहि चाउचाउ , विसकुट तथा ईलोक्टिक सामान पनि रहेका थिए । पहिले यो व्यवसायले मात्र आफ्नो जिवन यापन गर्न गाह्रो भएको थियो । maiti tamaan
जब समग्र विकास सेवा द्धारा संचालीत यस कार्यक्रम अन्र्तरगतको समुह जसको नाम अनुग्रह सामाजिक परिवार हो त्यसको म सदस्य भए र ग.नि.कोषको सहयोगमा संचालीत यो कार्यक्रमबाट आफ्नो आवस्यक्ता पूरा गर्नको लागी क्रृण लिने विचार गरेर व्यवसाय संचालनको लागी २००००।– रुपैया क्रृण लिएर आफ्नो कामलाई अगाडी बडाउने विचार गर्न थाले क्रण त लिने तर के व्उवसाय संचालन गर्ने भन्दा गाउँको के आवस्यक्ता के छ त्यसमा लगानी गर्नु पर्छ भन्ने कुरा समुह गठन गर्दा एन्जिला मिस र कवि सरले भनेको कुरा सम्झे र गाउँको आवस्यक्ता अनुसारको काम गर्ने निधो गनै थाले ।
जब समुहमा पैसा आयो त्यस पछि मैले रु २००००।– क्रण लिएर काम गर्ने निधो गरे तर समुहबाट लिएको पैसाले त मैले गर्न खोजेको काम त पूरा नहुने रहेछ भनेर पूनः विचार गर्न थाले र साथी भाई संग पनि केहि रकम लिएर आफ्नो व्यवसाय संचालन गर्ने अठोट लिएर आफ्नो छोराहरुको नाममा “ निश्चल एण्ड निर्वान हार्डवयर” पसल संचालन गरे ।
शुरुका केहि दिनमा मलाई केहि अफ्ठयाराहरु आए पनि अहिले त्यति धेरै व्यवसाय संचालनमा सम्स्या छैन् । पहिले मलाई के–कस्ता सामान पसलमा खाख्ने भनेर कुनै खालको जानकारी थिएन तर गाउँलेको माग अनुसारका केहि मात्रामा सामान जस्तैः जस्तापाता, सिमेन्ट, रड, मोबाईदल फोन तथा ग्याँस आदि राखे र त्यसले राम्रो बजार लियो र अहिले माग पनि बढेको छ जुन परिपूर्ती गर्न धेरै गाह्रो परिराखेको छ अझ भनौ व्यवसाय मेरो फैलिएको छ र मलाई अहिले के लागी राखेको छ भने अब लोकल एफ.एम.हरुमा मेरो पसलको बारेमा विज्ञापन गरेर अझ धेरै भन्दा धेरै मेरो व्यवसायको प्रचार गर्न मन छ ।
आजको यो दिन सम्म आउँनको लागी धेरै समय पर्खनु प–यो किनकी आफ्नो व्यवसाय संचालन गर्नको लागी पनि मलाई कुनै आट आईराखेको थिएन किन भने म संग काम शुरु गर्ने पैसा थिएन र अरु संग क्रृण लिएर काम गर्ने सम्म पनि आट थिएन जुन आँट मलाई समग्र विकास सेवा केन्द्रले दियो र म व्यवसायी वन्न सफल भए र आगामी दिनमा सफल व्यवसायी पनि बन्न कोशिस गर्ने छु ।
आजको दिन सम्म आई पुग्दा उनको पसलको रुप बदलिएको छ । पहिले सानो चिया नास्ता र केहि इलोक्ट्रिक सामान मात्र भएको पसलको रुप फेरिएर हाडव्यर तथा इलोक्ट्रिक पसल तथा होटेल पनि संचालनमा रहेको छ ।
उनले अन्तमा खुशी हुँदै आउँदा दिनमा अझ समग्र विकास सेवा केन्द्रले अझ बढि लगानी गरी दिएमा र लगानीको अवशर दिएमा साच्चै हामी जस्ता निम्न आए भएका व्यक्तिहरुलाई धेरै मद्दत पुग्ने थियो र आन सम्म गरेको सहयोगको लागी धेरै धेरै धन्यवाद दिनु भयो जसको पे्ररणा र आँटले गर्दा म अत्यन्त धेरै खुशि छु ।

प्रस्तुती -कवि पुडासैनी
(समग्र विकास सेवा केन्द्र, धादिङ)