धादिङ – धादिङ जिल्ला समन्वय समिति र नीलकण्ठ नगरपालिकाको सह–आयोजनामा धादिङ उद्योग वाणिज्य संघले यही २६ गतेदेखि माघ ८ गतेसम्म छैटौँ धादिङ महोत्सव तथा प्रादेशिक औद्मोगिक ब्यापार मेला गर्ने भएको छ ।
संघका अध्यक्ष बोधनाथ दुवाडीका अनुसार महोत्सवमा कृषि तथा साना घरेलु उद्योगबाट उत्पादित सामग्री, खनिजजन्य पदार्थ, जडीबुटी, हस्तकलाका सामग्री , विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्रीकक्ष राखिनेछ ।
यसैगरी हस्तकलाको प्रदर्शनी, जडीबुटी तथा बनपैदावारको प्रदर्शनी, बन्यजन्तु संरक्षण डकुमेनटी प्रदर्शनी, खनिजजन्य उत्पादनको प्रदर्शनी रहनेछ । साथै विभिन्न जातजातिको भेषभुषा झल्कने संस्कृतिको प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।
नीलकण्ठ नगरपालिका ४ रायटार धादिङबेसीमा हुने महोत्सवका लागि संघका अध्यक्ष दुवाडीको संयोजकत्वमा ८५ सदस्यिय मुल आयोजक समिति गठन गरिएको छ । महोत्सवलाई व्यवस्थित गर्न १६ वटा विभिन्न उप समिति समेत पनि गठन गरिएको आयोजकले जनाएको छ ।