धादिङ लोक सांस्कृतिक महोत्सवमा स्थानीयको आकर्षण नेवारी खानाको परिकार

116 पटक पढिएको

सम्पादक: Dhading News

धादिङबेसी,१५ माघ २०८१ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा जारी लोक साँस्कृतिक महोत्सवमा नेवारी खानाको परिकारप्रति  स्थानीय आकर्षित देखिएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान र धादिङ सामुदायिक सञ्चार तथा विकास केन्द्रले आयोजना गरेको धादिङ लोक सांस्कृतिक महोत्सव २०८१ माघ १० गते बाट शुरु भएको हो । महोत्सव माघ २१ गते सम्म सञ्चालन हुनेछ ।

लोक संस्कृतिको उत्थान तथा जगेर्ना गर्न विभिन्न जातजातिको पहिचान कला, वेशभूषा, रहन सहन, धार्मिक तथा सांस्कृतिक परम्परा, संरक्षण गर्न, जातजातिबीच सांस्कृतिक तथा धार्मिक सद्भाव र सामाजिक एकता अभिवृद्धिमा सहयोग पु¥याउन महोत्सव सञ्चालन भईरहेको छ ।

नेवारी खाजा स्टलमा  समयबजी, नेवारी खाजा सेट, छोइला, भुटन, योमरी, सपुमिचा, बारालगायत विभिन्न स्वादका परिकार पाइन्छ ।  स्टलमा नेवारी स्वाद चाख्नेहरूको संधैभरी घुइँचो देखिन्छ ।

नेवारी खाजाको प्रचारप्रसारका लागि महोत्सवमा स्टल राखिएको र यसबाट भएको केही आम्दानी समाजको कोषमा राखिने झिगु नेवा समाजका अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा होटल तथा रेस्टुरेन्ट, कृषिजन्य उत्पादन, लघु तथा घरेलु उद्योगका सामानहरु,कपडा, जुत्ता, भान्छाका सामानहरु पाईने स्टल पनि रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *