नागढुंगा देखि गल्छी सम्म सडक जाम,विरामीको वाटोमै मृत्यु (भिडियो सहित)
3103 पटक पढिएको
धादिङ,१० असोज – दुवै मृगौलामा समस्या आएपछि उपचारका लागि रौतहटबाट काठमाण्डौं आउँदै गरेका एक विरामीको नागढुंगा नौविसे सडक अबरुद्धका भउका कारण वाटोमै ज्यान गएको छ ।
रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ८ का ३५ बर्षिय रुपलाल साहको शुक्रबार विहान ५ वजे तिर धादिङको थांक्रे गाउँपालिका वडा नम्बर २ स्थित पृथ्वीराजमार्गको हुलाकडाँडा नजिकै बस भित्रै मृत्यु भएको हो ।
महादेबबेसी प्रहरी चौकीका इन्चार्ज सई बाबुलाल श्रेष्ठका अनुसार साह आफन्तहर्का साथ विहीवार सांझ गरुडाबाट ना ७ ख ५३६४ नम्बरको रात्री बसमा काठमाण्डौंका लागि आएका थिए । राती २ वजे महादेबबेसी नजिकै आईपुगेको बस विहान ५ वजे सम्म पनि त्यहिं रोकिन पुगेको थियो । अवरोध नहुंदा करिव एक घण्टामा बस महादेबेसीबाट काठमाण्डौं प्रवेश गर्दछ ।
काठमाण्डौंको नागढुंगा देखि धादिङको खानीखोला सम्मको सडक खण्ड मर्मतका लागि सडक एकतर्फि बनाईनुका साथै मालवाहक ट्रकहरु ठाउँ ठाउँमा विग्रिएका कारण चार दिन देखि सवारी जाम हुंदै आईरहेको छ । शुक्रवार विहान काठमाण्डौं प्रवेश गर्ने सवारीको जाम राजधानी देखि ५० किलोमिटर गल्छी सम्म आईपुगेको थियो ।
नौबिसे नागढुङ्गा सडक मर्मतले विगत ४ दिनदेखि सवारी आवागमन प्रभावित हुँदै आएको छ ।
https://www.facebook.com/rcrupakheti/videos/pcb.10215007963328171/10215007960848109/?type=3&theater