सन्दीप लामिछानेको अर्को पेसी जेठ १ गते
101 पटक पढिएको
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ ।
आइतबार पेसी तोकिएपनि लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो । सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो ।
अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो ।