प्रतिनिधि सभाको बैठक जेठ १ गते बस्ने गरी स्थगित
118 पटक पढिएको
काठमाण्डाै । नेपाली कांग्रेसकाे नाराबाजीपछि प्रतिनिधि सभाकाे बैठक स्थगित भएकाे छ । कांग्रेसले नाराबाजी गर्दै अवराेध गरेपछि सभामुख देवराज घिमिरेले आउँदाे जेठ १ गते बेलुकी ६ बजे बस्ने गरी स्थगित भएकाे घाेषणा गर्नुभएकाे हाे ।
आजकाे बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहे/नरहेको बारेमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै निरन्तर नाराबाजी गरेकाे थियाे । हिउँदे अधिवेशनमा पनि कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेको थियो । तर सत्ता पक्ष दलहरू समिति गठनमा सहमत भएका छैनन् ।
आज प्रतिनिधि सभाको बैठक शुरू हुनेबित्तिकै नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत विपक्षी दलका सांसदले विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद गगन थापालाई बोल्न समय दिनुभयो । प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस महामन्त्री थापाले सहकारी ठगीमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिने पर्याप्त प्रमाण भएकाले छानबिन समिति बनाउनुपर्ने माग गर्नुभयो ।