वागमती सहित पाँचवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना

165 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडाैं ,भदौ १९ बुधबार,२०८१ । आज वागमती सहित पाँचवटा प्रदेशमा मुसलधारे वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।


विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्‍चिममा सरदर स्थानको आसपास र पूर्वमा दक्षिणतिर अवस्थित छ ।

आज दिउँसो कोशी, मधेश, वागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, कोशीमा थोरै तथा वागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

आज राति कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, कोशी, मधेश र गण्डकीका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।


One thought on “वागमती सहित पाँचवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना

  1. 🔗 + 1.824 BTC.GET - https://out.carrotquest.io/r?hash=YXBwPTYyNTczJmNvbnZlcnNhdGlvbj0xNzI3NDEzNjI3NzgwMDcyNTMzJmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnRlbGVncmEucGglMkZHby10by15b3VyLXBlcnNvbmFsLWNhYmluZXQtMDUtMTAmcmFpc2Vfb25fZXJyb3I9RmFsc2Umc2lnbmF0dXJlPTE2ZGJhOWVlMjNkY2E4YzhiMWIzMDVjZmZmMmUxMTdiMzNkNjllMGVkYzdiYzQzMGZmZjhhMTU0MDMwMDJmZTE=?hs=f21ea31a0bba881a5b564b820d83a033& 🔗 says:

    hglfhe

Comments are closed.