चेक अनादरमा एक महिनादेखि दुई बर्षसम्मको सजाय हुने
196 पटक पढिएको
काठमाडौं २३ भदौ २०८१ । प्रतिनिधि सभाको अर्थ समितिमा बैंकिङ कसुरलाई नियन्त्रण गर्न बनाउने कानुनमा सहमति भएको छ ।
आइतबार बसेको समितिको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार छलफलका क्रममा चेक अनादर मुद्दामा एक महिनादेखि २ वर्षसम्म कैदको व्यवस्था गर्ने निर्णय भएको हो ।
जस अन्तर्गत १५ लाखसम्मको चेक अनादरमा १ महिना कैदको व्यवस्था राख्न सहमति जनाएको छ ।
समितिका सभापति सन्तोष चालिसेका अनुसार १५ लाखसम्मको चेक अनादरमा १ महिना, ५० लाख सम्मकोमा ३ महिना, १ करोडसम्म १ बर्ष र करोडभन्दा माथिको चेक अनादर प्रमाणित २ वर्ष कैद सजाय र पाँच प्रतिशत जरिवानाको व्यवस्था गर्नेबारे सहमति जुटाएको छ ।
2 thoughts on “चेक अनादरमा एक महिनादेखि दुई बर्षसम्मको सजाय हुने”
Comments are closed.
Baddiehubs I really like reading through a post that can make men and women think. Also, thank you for allowing me to comment!
allegheny county real estate I very delighted to find this internet site on bing, just what I was searching for as well saved to fav