झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकालियो

358 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ ,१२ असोज २०८१ ।   त्रिभुवन राजपथमा पर्ने धादिङ र काठमाण्डौं जिल्लाको सिमानामा रहेको झ्याप्ले खोलामा २ वटा सवारी साधनबाट १४ जनाको शव  निकालिएको छ ।

बुटवलबाट काठमाडौँ आउदै गरेको लु १ ज ४५७८ नम्बरको विङ्गरबाट ५ जना र अर्को नम्बर खुलि नसकेको बसबाट ९ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । हाल खोजी कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।

काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट शनिबार साँझ १४ जनाको शव निकालेको प्रहरीले जानकारी दिएको छ ।

लेदोसहितको पहिरो आउदा झ्याप्ले खोलामा शुक्रवार राती दुई सवारी साधन पुरिएका थिए ।