समाज परिवर्तन भन्दै रोशन फ्युबाले गरीबको घर जलाए ।

1040 पटक पढिएको

सम्पादक: Dhadingnews.com

समाज परिवर्तनको लागिभन्दै ल्हाप्साङकर्पो चलचित्रकानिर्देशक रोशन फ्युबातामाङले एक जना गरीब बृद्धाको काठेघर जेठ १० गते जलाइ दिएका छन । यो घर जलाउनका लागि फ्युबाले ४ जना स्थानिय युवाहरु (बिशाल,पेमा ,ग्यल्पो र सत्तल) को सहयोग लिएका थिए । जलेको घर सिन्धुपाल्चोक जिल्ला भोताङ १ डोखाङ का मानबहादुर थिङ तामाङको हो । थिङको १जना छोरी र ४जना छोराहरु छन् ।छोरा छोरी सबै गाउतिर बसाई सरे पछि मानबहादुर गाउदेखि टाढाकोबस्तिमा लामो समय देखि एक्लै बस्दै आईरहेका थिए ।
1554588_10201843666313641_9060372358500561771_nभिमसेन थापाको कान्छो भाई रणवीर सिंह थापाले बिश्वको उच्च स्थानमा रहेको सिम्सार कुण्डहरु मध्येका नवौ स्थानमा पर्ने पाँचपोखरीको भ्रमण गर्न जाँदा बास बस्नुपर्ने भएकोले बि.सं १९९० मा निर्माण गरेको हवेलीको हेरचाहाको लागि भनेर बनाएको जीर्ण घरमा मानबहादुर बस्दै आएका थिए । आगोले घर पुर्ण रुपमा जलेता पनि मानबहादुर थिङ खुसी देखिन्थे, स्थानियबासीहरु पनिखुसी देखिन्थे किनकी काठको छानोको घर जलाए पछि जलाउन सक्रिय भएकाहरुलेनै नयां घर वनाएर रंगिन जस्ताले छाईदिएका थिए । निर्देशक रोशन फ्युबाको अनुसार कथाले मागेर घर जलाईएको हो । यो अरु कसैको कथा नभएर निर्देशक आफैले लेखेको कथामा छायांकन भएको तामाङ चलचित्र स्ह्याल्गर को थियो । तीनबर्षको लगातार अनुसन्धान पछि कथा तयार पारेको निर्देशक फ्युवाले बताउनु भयो ।
सिन्धुपाल्चोक जिल्लाको भोताङ गा.बि.स. मा पर्ने बिभिन्न पर्यटकिय स्थलहरु (पाँचपोखरी, नोस्यम्, ताङकु, डोखाङ, हवेली, छिम्ती)मा छायांकन भईरहेको तामाङ चलचित्र स्ह्याल्गर फ्युबाकोे दोस्रो चलचित्रहो । यो चलचित्रमा भोताङ गाउकै लोक जीवन र लोक साहित्यलाई हु बहु पर्दामा उतारेर सकारात्मक सन्देश मुलक चलचित्र बनाउने निर्देशकको भनाई छ ।चलचित्रले तामाङ चेलीबेटीहरु बिदेशिनुको बाध्यात्मक परिस्थितिलाई उठान गरेको छ । चलचित्रका मुख्य पात्रहरुमा ङेमा छिरीङ, छारमायाँ, बिशाल,दावा ,बिजय,पेमा,कञ्चन रहेका छन ।तामाङ संस्कृति अनुसार ङेमाले बाटुलीलाई लगेको स्ह्यालगर पोङको वरि परि चलचित्रको बिषय बस्तु घुमेको छ । यो चलचित्र दशै सम्ममा दर्शक सम्म ल्याउने निर्माण पक्षको भनाई छ । चलचित्र ल्हाप्साङकर्पो म्युजिक सेन्टरमा धमाधम सम्पादन भईरहेको वताईएको छ ।